काठमाडौं । गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका प्राडा जगत तिमिल्सिना र नेकपा एमालेकी सम्झना देवकोटा विजयी भएका छन् ।
अन्तिम परिणाममअनुसार कांग्रेसबाट उम्मेदवार बनेका जगतले ५ हजार ३३ मतभार र सम्झनाले ५ हजार १४ मत पाए । निर्वाचनमा एमाले र कांग्रेसबीच गठबन्धन भएको थियो ।
यता एमालेकी सम्झना महिला कोटाबाट सदस्य निर्वाचित भएकी छन् । उनले ५ हजार १४ मतभार पाइन् । गण्डकीका २ सय २८ मतदतामध्ये २ सय २३ मत खसेको थियो । मतदानमा सहभागी नभएकामध्ये राप्रपाका २ जना सांसद र सत्ता गठबन्धनका ३ जना पालिका प्रतिनिधि छन्































प्रतिक्रिया