काठमाडौँ । नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा राष्ट्रिय झन्डाको प्रयोग गर्दा ख्याल गर्नुपर्ने भन्दै ५ बुँदे सर्कुलर जारी गरेको छ ।
उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले निर्वाचनमा राष्ट्रिय झन्डा प्रयोगमा ध्यान दिनु भन्दै माताहतका निकायलाई परिपत्र जारी गरेका हुन् । शर्माले जारी गरेको परिपत्रमा आचारसंहितामा उल्लेख गरिए बमोजिम १० वटासम्म मात्रै राष्ट्रिय झण्डा चुनाव प्रचार अभियानमा प्रयोग गर्ने, राष्ट्रिय झण्डालाई व्यक्तिको शिरभन्दा माथि हुने गरि सम्मानपूर्वक फहराउने, झण्डा झुकाउने प्रचलन, मृत्युपछिको शोकमा मात्रै हुन्छ भन्ने तथ्य हामीले हेक्का राख्न जरूरी छ भन्ने उल्लेख गरेका छन् । यस्तै उम्मेदवार या प्रचारक कोही पनि व्यक्तिको शरीरमा झण्डा ओढाउने कार्य निर्वाचन आचारसंहिता अनि सम्मान र संस्कार दुवै दृष्टिले गलत हुन्छ । त्यस्तो विल्कुलै नगर्ने÷गर्न नदिने, उम्मेदवार या प्रचारक कसैको पनि पाखुरा, कम्मर या घाँटीमा ज्याकेट या मफलर जस्तो बनाएर झण्डा बेर्ने कार्यले झण्डाको सम्मान होइन अपमान हुन्छ, यस्तो विल्कुलै नगर्ने÷गर्न नदिने र
चुनावी अभियान तथा प्रचारप्रसार कार्यक्रम स्थलमा, प्रचार कार्यालयमा या कुनै सवारी साधनमा राष्ट्रिय झण्डा फहराउँदा पार्टीको झण्डा र चुनाव चिह्नभन्दा माथि फहराउनुपर्ने परिपत्रमा भनिएको छ ।





























प्रतिक्रिया