चुनावी प्रचारप्रचारमा बालबालिकाको प्रयोग गरेको आरोपमा हर्क साम्पाङविरुद्ध आयोगमा उजुरी

चुनावी प्रचारप्रचारमा बालबालिकाको प्रयोग गरेको आरोपमा हर्क साम्पाङविरुद्ध आयोगमा उजुरी

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । श्रम संस्कृती पार्टीका अध्यक्ष तथा सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । साम्पाङले चुनावी प्रचारप्रचारमा बालबालिकाको प्रयोग गरेको आरोपमा आयोगमा उजुरी परेको हो ।

उनीविरुद्ध धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो ।

उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्न नपाइने व्यवस्था रहेपनी उनीे त्यसविरुद्ध गएको उजुरीमा उल्लेख छ ।

सञ्जालले साम्पाङलाई आचारसंहिता उल्लङ्घनको कारबाही गर्न माग गरेको छ ।

निर्वाचन अधिकृत दिव्यराज घिमिरेले प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा उजुरी अध्ययन समिति बनेको र उक्त समितिले अध्ययन गरी कारबाहीको प्रक्रिया अघि बढाउने बताएका छन् ।

ऐनमा बालबालिकाको प्रयोग गरेको प्रमाणित भए एक लाख रुपैयाँसम्मको जरिवाना र उम्मेदवारी दर्ता नै खारेजसम्म हुनसक्ने उल्लेख छ । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारमा वालवालिकाको प्रयोग गरेको उजुरीमा उल्लेख छ ।

Skip This
Skip This
Logo