साइबर ब्युरो पुगे स्वागत नेपाल,गलत अर्थ लाग्ने अभिव्यक्ति नदिने गरे कागज

साइबर ब्युरो पुगे स्वागत नेपाल,गलत अर्थ लाग्ने अभिव्यक्ति नदिने गरे कागज

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट झापा–२ का प्रतिनिधिसभा उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) ले सामाजिक सञ्जालमा संयमित हुने कागज गरेका छन् । नेपालले सामाजिक सञ्जालमा दिएको विवादास्पद अभिव्यक्तिपछि साइबर ब्युरो पुगेर आगामी दिनमा गलत अर्थ लाग्ने अभिव्यक्ति नदिने लिखित प्रतिबद्धता जनाएका हुन् ।

साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार ब्युरोको बोलावटमा उपस्थित हुँदै नेपालले अब कानुनको पालना गर्दै जिम्मेवार ढङ्गले अभिव्यक्ति दिने कागज गरेका हुन्।

चुनावी अभियानका क्रममा नेपालले सामाजिक सञ्जालमार्फत पृथ्वीनारायण शाहको विरोध गर्नेको ‘टाउको काट्ने, काट्नुपर्छ र आफू काट्न पनि तयार छु’ भन्ने आशयको हिंसात्मक अभिव्यक्ति दिएको आरोप लागेपछि साइबर ब्युरोले उनलाई बोलाएको थियो।

प्रवक्ता अवस्थीका अनुसार उक्त अभिव्यक्तिले गलत सन्देश जाने र कानुनी जटिलता निम्त्याउन सक्ने देखिएपछि ब्युरोले सचेत गराएको हो। ‘अब उप्रान्त यस्ता अभिव्यक्ति नदिने र कानुनअनुसार नै आफ्ना धारणा राख्ने प्रतिबद्धता लिखित रूपमा आएको छ,’ उनले भने।

निर्वाचनको संवेदनशील समयमा सार्वजनिक व्यक्तिहरूको अभिव्यक्तिले सामाजिक सद्भाव र निर्वाचनको निष्पक्षतामा असर पार्न सक्ने भएकाले ब्युरोले निगरानी बढाएको जनाएको छ ।

Logo