जनता १६४ वटै निर्वाचन क्षेत्रमा घण्टी बजाउन आतुर छन्, रवि ज्यूँदा ‘उज्जवल थापा’ हुन् -तोसिमा कार्की [भिडियोसहित हेर्नुहोस्]

जनता १६४ वटै निर्वाचन क्षेत्रमा घण्टी बजाउन आतुर छन्, रवि ज्यूँदा ‘उज्जवल थापा’ हुन् -तोसिमा कार्की [भिडियोसहित हेर्नुहोस्]

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । यतिबेला देश निर्वाचनमय बनेको छ । नेताकार्यकर्ताहरु घरदैलो कार्यक्रम गर्दै भोट माग्नमै व्यस्त छन् ।

अहिले पुराना राजनीतिक दलहरुसँग यसरी नयाँ राजनीतिक दलपछि परेका छन् कि मानौ प्रतिशोध बाँधिरहेका छन् । उनीहरु यसरी नयाँ राजनीतिक दलको क्रेज र पुराना राजनितीक दलसँगको प्रतिशोध हो होइन र आगामी निर्वाचनको तयारी के कस्तो छ ? भन्दै केन्द्रविन्दु टोलीले रास्वपाकी नेतृ तोसिमा गौतमसँग कुराकानी गरेको छौं । उक्त कुराकानीको आधारमा तयार पारिएको अंशः–

निर्वाचनको माहोल निकै तातेको छ, कस्तो छ निर्वाचन तयारी ?
अहिलेको चुनावी माहोल निकै तातेको छ । जनता निकै उत्साहित छन् । उहाँहरू १६४ वटै निर्वाचन क्षेत्रमा घण्टी बजाउन आतुर छन् । यो घण्टीको आवाज अब देशभरि फैलिने छ । जनताले यो चिन्हलाई आफ्नो परिवर्तनको प्रतीक ठानेका छन् । पुराना दलहरूबाट धेरै पटक ठगिएपछि अब उहाँहरू नयाँ विकल्प खोज्दै हुनुहुन्छ । रास्वपाले त्यही आशा जगाएको छ ।

तपाई दोस्रो पटक सांसदको उम्मेदवार बन्दै हुनुहुन्छ, ललितपुर क्षेत्र नं. ३ मै किन उठ्नु भयो ?
मेरो आफ्नै क्षेत्रका मतदातासँग गएर मैले के गरेँ, के गर्न सकिनँ, के बाँकी छ भन्ने कुरा बुझाउनुपर्छ । उहाँहरूले दिएको विश्वास कायम राख्न यो क्षेत्रमै फर्किनुपर्छ । पहिलेको कार्यकालमा धेरै कामहरू सुरु भए, केही पूरा भए, केही बाँकी छन् । संसदीय विकास कोषको बजेट नभए पनि राष्ट्रिय स्तरका केही मुद्दामा काम गरे ।

सातवटा ठूला आयोजना बाँकी थिए, बजेट आए पनि जेनजी आन्दोलन, सरकार ढल्नु, संसद् विघटन भएपछि काम रोकियो । ती काम पूरा गर्नुपर्छ । ललितपुर मेरो राजनीतिक जन्मभूमि हो, रवि लामिछानेले मलाई राष्ट्रिय राजनीतिमा ल्याउनुभयो । त्यसैले यो क्षेत्रबाट फेरि उठ्दैछु । मैले जनतालाई भनेको थिएँ – आधा काम पूरा भयो, बाँकी छोडेर जाँदिन । ललितपुरका आमाबुबा, दाजुभाइ, दिदीबहिनीले मलाई माया गर्नुभएको छ, विश्वास गर्नुभएको छ । अब सरकार बनाउन यो क्षेत्रबाट उठ्नुपर्छ भन्ने उहाँहरूको भनाई छ ।

तपाँइसँगै अन्य दलका नेताहरु पनि प्रतिस्पर्धामा छन् । तपाँइको मुख्य मुख्य प्रतिस्पर्धी को ?
मेरो मुख्य प्रतिस्पर्धी भ्रष्टाचार र कुशासन हो । कुनै व्यक्ति वा दलसँग होइन । हामी नयाँ पार्टी हौं, वैकल्पिक धार समेटेर अगाडि बढ्दैछौं । जेनजी क्रान्तिले उठाएका मुद्दा र एजेन्डाको बलमा हामी अगाडि बढेका छौं । त्यसैले भ्रष्टाचार नै हाम्रो मुख्य शत्रु हो ।

यो पटक प्रतिनिधिसभा निर्वाचनमा महिलाको उम्मेदवारी कम छ, महिलाहरूले चाहँदैनन् कि दलहरूले हेर्न छोडेका हुन् ?
महिलाहरूले नेतृत्व चाहन्छन्, तर पारिवारिक, पार्टीभित्र र समाजमा क्रान्ति गर्नुपर्छ । अहिले व्यवस्थागत अवरोध छ । महिलालाई सहायक भूमिकामा सीमित गरिन्छ – सह–सचिव, सह–अध्यक्ष, सह–प्रवक्ता जस्ता । यो पितृसत्तात्मक सोच हो । निर्णयको टेबल पुरुषको मात्र होइन । महिलाले पनि महिलाको लागि उभिनुपर्छ, पुरुषले पनि महिलाको लागि उभिनुपर्छ ।

जनसंख्याको आधा बढी महिलाहरू छन्, उनीहरूलाई अगाडि नबढाए देश अगाडि बढ्दैन । निर्वाचन आयोगको तथ्यांकअनुसार प्रत्यक्षतर्फ ११ प्रतिशत मात्र महिलाको उम्मेदवारी छ । हाम्रो पार्टीले सबैभन्दा बढी ९ प्रतिशत महिला उम्मेदवार उठाएको छ तर, यो अझै पर्याप्त छैन । सबै दललाई आग्रह छ – पार्टी नभनी सक्षम महिलालाई मत दिनुहोस् ।

पहिलेको कार्यकालमा आफ्नो क्षेत्रमा के–के काम गर्नुभयो ? कुन–कुन वाचा पूरा भए, कुन बाँकी छन् ?
ललितपुर क्षेत्र नं. ३ मा मुख्य समस्या खानेपानी थियो । दोस्रो, स्वास्थ्य बीमा ललितपुरमा पुगेको थिएन । सांसदमा प्रवेश गरेको पहिलो दिनदेखि मैले यी मुद्दा उठाएकी थिएँ । अब पनि म यसबारे कुरा उठाइ नै रहन्छु समय छोटो भएकोले बाँकी भागमा स्वास्थ्य बीमा, खानेपानी, पूर्वाधारलगायतका मुद्दा उठाइएको थिए अब पुरा गर्ने छु ।

तपाईले चुनाव जित्ने आधार के–के हुन् ?
डा. तोसिमा कार्कीः मुख्य आधार जनताको विश्वास हो। हामीले सुशासन, पारदर्शिता, युवा र महिलाको सहभागिता, भ्रष्टाचारमुक्त प्रशासनको कुरा गरेका छौं। जनताले पुराना दलहरूको निराशा देखिसकेका छन्। अब उहाँहरूले हामीलाई मौका दिन तयार छन् । हामीले घरदैलो, सभाहरू, सामाजिक सञ्जालमार्फत जनतासँग जोडिएका छौं । यो चुनाव परिवर्तनको चुनाव हो ।

बालेन शाह र रविमा कस्लाई रोज्नुहुन्छ ?
“रवि ज्यूँदा ‘उज्जवल थापा’ हुन् । हामीले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका छौं । यो हाम्रो प्रतिबद्धता हो, हामी यसमा अडिग छौं । उनीहरूले बहुमत ल्याएर एकल सरकार बनाउँछन् र कुनै हिचकिचाहट बिना बालेन शाह प्रधानमन्त्री हुन्छन् ।

Skip This
Skip This
Logo