गण्डकी प्रदेशः प्रतिनिधिसभा निर्वाचन २०८२ को जिल्लागत नालीबेली

गण्डकी प्रदेशः प्रतिनिधिसभा निर्वाचन २०८२ को जिल्लागत नालीबेली

केन्द्रबिन्दु
63
Shares

निर्मल पौडेल,काठमाडौं । आगामी फागुन २१ गतेको निर्वाचनका लागि गण्डकी प्रदेशका ११ जिल्लामा २४५ जना उम्मेदवारहरू प्रतिनिधि सभाका लागि प्रतिस्पर्धामा छन्। तिन वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा कुल ४९ जना उम्मेदवार चुनावी मैदानमा छन् । क्षेत्र १ मा १७, क्षेत्र २ मा १७, क्षेत्र ३ मा १५ जना रहेका छन्।

दुइवटा निर्वाचन क्षेत्र रहेको गोरखामा कुल २५ जना चुनावी मैदानका रहेका छन् । जसमध्य क्षेत्र १ मा १२, क्षेत्र २ मा १३ जना रहेका छन् । नवलपरासी सुस्तापूर्वमा पनि २ निर्वाचन क्षेत्र रहेका छन् जहाँ कुल ३४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जसमा क्षेत्र १ मा १६ जना र क्षेत्र २ मा १८ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । २ वटा निर्वाचन क्षेत्र रहेका तनहुँमा कुल २७ जना मध्य क्षेत्र १ मा १६ जना र क्षेत्र नम्वर २ मा ११ जना प्रतिस्पर्धामा रहेका छन् ।

२ वटा निर्वाचन क्षेत्र भएको स्याङ्जामा २४ जना मैदानमा छन् जसमध्य क्षेत्र १ मा १२, क्षेत्र २ मा १२ समान उम्मेदवार चुनावी मैदानमा रहेका छन् । २ वटै क्षेत्र भएको बागलुङमा कुल २२ जना उम्मेदवार चुनाव लड्दैछन् । जसमध्य क्षेत्र १ मा ११ जना र क्षेत्र २ मा ११ जनालेनै चुनावमा भिड्दैछन् । एकमात्र निर्वाचन क्षेत्र भएको पर्वतमा कुल १७ जना प्रतिस्पर्धामा रहेका छन् । यस्तै १ मात्र निर्वाचन क्षेत्र भएको म्याग्दीमा कुल १२ जना चुनावी मैदानमा रहेका छन् ।

लमजुङ पनि एकमामत्र निर्वाचन क्षेत्र भएको जिल्ला हो यहाँ कुल १० जना प्रतिस्पर्धामा रहेका छन् । एकमात्रै चुनावी क्षेत्र भएको मुस्ताङमा ८ जना र एक मात्र निर्वाचन क्षेत्र भएको मनाङमा जम्मा ३ जना चुनावी मैदानमा रहेका छन् ।

जिल्लागत रुपमा हेरौँ गण्डकी प्रदेशमा प्रतिनिधि सभा निर्वाचन

पर्वतमा १७ उम्मेदवारबीच कडा टक्कर
गण्डकी प्रदेशअन्तर्गत पर्वत जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा यसपटक १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। सत्तारूढ, विपक्षी, वैकल्पिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मको सहभागिताले पर्वतको निर्वाचनलाई रोचक बनाएको छ ।

प्रमुख दलतर्फ नेकपा (एमाले) बाट पदम गिरी (सूर्य) र नेपाली कांग्रेसबाट अर्जुनप्रसाद जोशी (रुख) मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा छन्। यस्तै नेकपाबाट मनहरि शर्मा (पाँचकुने तारा) र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर भुसाल (घण्टी) पनि बलियो दाबेदारका रूपमा देखिएका छन्।

राजसंस्था पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुर्गा बहादुर मल्ल (हलो) उम्मेदवार छन् भने वाम धारको नेकपा (माओवादी) बाट कृष्ण बहादुर विक (गोलो घेराभित्र दुई पात सहितको गुलाब) चुनावी दौडमा छन्।

अन्य दलहरूतर्फ नेपाल मजदुर किसान पार्टीबाट ऐलिना सुवाल (मादल), राष्ट्रिय जनमोर्चाबाट भिमलाल न्यौपाने (गिलास), मंगोल नेशनल अर्गनाइजेसनबाट लालकुमारी थापा राना (कुखुराको भाले), नेशनल रिपब्लिक नेपालबाट वीर बहादुर गुरुङ (उडिरहेको माहुरी) उम्मेदवार छन्।

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट माया पाइजा पुन फकामी मगर (हात मिलाएको), उज्यालो नेपाल पार्टीबाट यम बहादुर चोचाङ्गी पुन (बलिरहेको बिजुलीको चिम) तथा आम जनता पार्टीबाट पवित्रा मल्ल (मोबाइल) चुनावी मैदानमा छन्।

पर्वतमा चार जना स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन्। स्वतन्त्र उम्मेदवारमा गंगालाल रिमाल (क्यामरा), मिना पौडेल शर्मा (आरी), सीता देवी शर्मा (मुढा) र सावित्री शर्मा (आँप) रहेका छन्।

बाग्लुङमा दुई निर्वाचन क्षेत्रमा मुख्य दल र वैकल्पिक शक्ति सक्रिय

बाग्लुङ जिल्लाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा यसपटक बहुदलीय प्रतिस्पर्धा तीव्र बनेको छ । पुराना ठूला दलसँगै नयाँ तथा साना दलको सक्रिय उपस्थितिले चुनावी समीकरण जटिल बन्दै गएको छ ।

बाग्लुङ–१ : पुराना शक्तिको वर्चस्व चुनौतीमा
बाग्लुङ–१ मा कुल ११ जना उम्मेदवार चुनावी मैदानमा छन्। मुख्य प्रतिस्पर्धा नेकपा (एमाले) र नेपाली कांग्रेसबीच देखिए पनि अन्य दलहरूले मत विभाजन गर्ने सम्भावना बोकेका छन्।

यस क्षेत्रमा नेकपा (एमाले) बाट हिरा बहादुर खत्री (सूर्य) उम्मेदवार छन् भने नेपाली कांग्रेस बाट भिम बहादुर श्रीस राना (रुख) चुनावी प्रतिस्पर्धामा छन्। यी दुईबीचको टक्करलाई मुख्य लडाइँका रूपमा हेरिएको छ ।

वैकल्पिक शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी का सुशील खड्का (घण्टी) ले युवामुखी मत आकर्षित गर्ने प्रयास गरिरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी बाट कल्याण आचार्य (हलो) बाट प्रतिस्पर्धामा छन् भने राष्ट्रिय जनमोर्चा का कृष्ण प्रसाद शर्मा अधिकारी (गिलास) वामपन्थी वैचारिक धारका उम्मेदवार हुन्।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट टेक बहादुर के.सी. (गोलो घेराभित्र गुलाफको फूल), प्रगतिशील लोकतान्त्रिक पार्टी बाट चित्र प्रसाद सापकोटा (खुलेको एकल आँखा), मंगोल नेशनल अर्गनाइजेसन बाट गुमा कुमारी बुढा राना मगर (कुखुराको भाले), नेपाल मानवतावादी पार्टी बाट भक्त बहादुर बि.क. (इनार), नेशनल रिपब्लिक नेपाल बाट सहवीर थापा (उडिरहेको माहुरी) र श्रम संस्कृति पार्टी बाट लाल बहादुर घर्ती (अँजुलीमा रहेको माटो) चुनावी मैदानमा छन्।

यस क्षेत्रको नतिजा एमाले–कांग्रेसको प्रतिस्पर्धासँगै अन्य दलले कति मत काट्छन् भन्नेमा निर्भर देखिन्छ।

बाग्लुङ–२ : बहुदलीय प्रतिस्पर्धा अझ तीव्र

बाग्लुङ–२ मा पनि ११ जना उम्मेदवार रहेका छन्। यहाँ एमाले र कांग्रेससँगै अन्य दलहरूको सक्रियताले नतिजा अनिश्चित बनाएको छ ।

नेकपा (एमाले) बाट मन्जु शर्मा (सूर्य) उम्मेदवार छन् भने नेपाली कांग्रेस बाट टेक राज पौडेल (रुख) मुख्य प्रतिस्पर्धीका रूपमा छन्। एमालेले महिला उम्मेदवार अघि सार्दा कांग्रेस संगठनात्मक बलमा भर परेको देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी बाट सोम शर्मा (घण्टी) परिवर्तन चाहने मतदातालाई लक्षित गर्दै चुनावी अभियानमा छन्।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का लोकेन्द्र घिमिरे (गोलो घेराभित्र गुलाफको फूल), राष्ट्रिय प्रजातन्त्र पार्टी का अञ्चल शाही (हलो) र नेपाल कम्युनिस्ट पार्टी का ज्ञामनाथ गैरे (पाँचकुने तारा) ले वाम शक्तिलाई लक्ष्य बनाएका छन्।

त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी बाट पदम बहादुर कुवँर (खुलेको एकल आँखा), मंगोल नेशनल अर्गनाइजेसन बाट जुन बहादुर थापा मगर (कुखुराको भाले),
नेपाल मानवतावादी पार्टी बाट टेक प्रसाद कामी (इनार), नेशनल रिपब्लिक नेपाल बाट नर बहादुर बुढा (उडिरहेको माहुरी),
श्रम संस्कृति पार्टी बाट हर्क बहादुर पुन (अँजुलीमा रहेको माटो) र जनता समाजवादी पार्टी बाट पूर्ण बहादुर घर्ती मगर (चकिया÷जाँतो) चुनावी प्रतिस्पर्धामा छन्। बाग्लुङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले गठबन्धन सहित चुनावी मैदानमा रहेका छन् । १ मा राष्ट्रिय जनमोर्चा का कृष्ण प्रसाद शर्मा अधिकारी (गिलास) लाई नेकपाले सहयोग गर्ने र २ मा नेकपाका ज्ञामथान गैरेलाई जनमोर्चाले सहयोग गर्ने समझदारी सहित चुनाावी अभियानमा लागेका छन् ।

विविध दल र स्वतन्त्र उम्मेदवार सहित म्याग्दीमा १२ जना बीच प्रतिस्पर्धा

म्याग्दीमा यसपालि विभिन्न दल र स्वतन्त्र उम्मेदवारले भाग लिएका छन्। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)का हरीकृष्ण श्रेष्ठ (सूर्य), नेपाली काँग्रेसका कर्ण बहादुर भण्डारी (रुख), नेपाल कम्युनिस्ट पार्टीका अर्जुन बहादुर थापा (पाँचकुने तारा), राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोका (घण्टी), राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्भर बहादुर सुवेदी (हलो), राष्ट्रिय जनमोर्चाका छेम बहादुर वि.क (गिलास), प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेंद्र कामी (खुलेको एकल आँखा), मंगोल नेशनल अर्गनाइजेसनका भिम बहादुर लामा (कुखुराको भाले), नेशनल रिपब्लिक नेपालका तुल प्रसाद गर्बुजा (उडिरहेको माहुरी), श्रम संस्कृति पार्टीका विनोद राना (अँजुलीमा रहेको माटो), नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का क्षेत्रवहादुर घिमिरे (गोलो घेराभित्र दुई पात भएको गुलाफको फूल) र स्वतन्त्र उम्मेदवार महावीर पुन (त्रिभुज) प्रतिस्पर्धामा छन्।

सबै उम्मेदवारले स्थानीय विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायमा जोड दिएका छन्। मतदाताले उम्मेदवारको व्यक्तिगत विश्वसनीयता र क्षेत्रीय प्राथमिकताको आधारमा मतदान गर्ने तयारी गरेका छन्।

मुस्ताङमा मुख्य दलबीच ८ उम्मेदवारको प्रतिस्पर्धा

गण्डकी प्रदेशको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र हिमाल पारिको जिल्ला मुस्ताङमा यसपटक मुख्य राजनीतिक दल, उदाउँदा वैकल्पिक शक्ति र साना दलबीच त्रिकोणात्मकभन्दा फराकिलो प्रतिस्पर्धा देखिएको छ । भौगोलिक रूपमा संवेदनशील र रणनीतिक महत्व बोकेको मुस्ताङमा ८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिँदा परिणाम कसको पोल्टामा जाने भन्ने चासो बढेको छ ।

सत्तारूढ र परम्परागत दलका तर्फबाट नेकपा (एकीकृत माक्र्सवादी–लेनिनवादी) का इन्द्रधारा डादु विष्ट (सूर्य) र नेपाली काँग्रेसका योगेश गौचन थकाली (रुख) मुख्य प्रतिस्पर्धीका रूपमा देखिन्छन्। यस्तै, नेपाल कम्युनिस्ट पार्टीका ङुटुक गुरुङ (पाँचकुने तारा) र राष्ट्रिय स्वतन्त्र पार्टीका अधितीय चन्द्र थकाली (घण्टी) ले वैकल्पिक राजनीतिक एजेन्डासहित मतदाताको ध्यान तान्ने प्रयास गरिरहेका छन्।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीकी कमला लालचन (हलो), मंगोल नेशनल अर्गनाइजेसनका यम बहादुर गुरुङ (कुखुराको भाले), उज्यालो नेपाल पार्टीका सुरेन्द्र शेरचन (बलिरहेको बिजुलीको चिम) र आम जनता पार्टीका अजय बि.क. (मोबाइल) पनि आफ्ना छुट्टै आधार र मुद्दासहित प्रतिस्पर्धामा छन्।

सबै उम्मेदवारले स्थानीय पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, शिक्षा–स्वास्थ्य सेवा सुदृढीकरण, रोजगारी सिर्जना र सामाजिक न्यायलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन्। प्रशासन र सुरक्षा निकायले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र पारदर्शी बनाउन विशेष सतर्कता अपनाएको जनाएको छ ।

नवलपरासी सुस्तापुर्वमा स्वतन्त्र उम्मेदवारले बहुपक्षीयता बढाए

आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नवलपुर (बर्दघाट सुस्ता पुर्व ) जिल्लाका दुई निर्वाचन क्षेत्रका उम्मेदवारहरूले प्रचार प्रसारलाई गति दिएका छन्।

नवलपुर १ मा प्रमुख प्रतिस्पर्धा नेकपा (एकीकृत माक्र्सवादी–लेनिनवादी) का भागिरथ सापकोटा (सूर्य) र नेपाली काँग्रेसका बाल कृष्ण घिमिरे (रुख) बीच हुने देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी नेकपाका लोकप्रसाद भुर्तेल मैदानमा छन् यी तिन जना विचमा मुख्य प्रतिस्पर्धा हुने आँकलन छ । यस्तै माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले पनि आफ्नो आधार मजÞबूत बनाउन विभिन्न स्थानमा जनता भेटघाट अभियान चलाइरहेका छन्। स्वतन्त्र उम्मेदवारहरूले स्थानीय स्तरको सन्देश र व्यक्तिगत पहिचानमा जोड दिएका छन्।

नवलपुर–२ मा पनि प्रमुख प्रतिस्पर्धा नेकपा एमालेका तिल बहादुर महत क्षेत्री (सूर्य) र नेपाली काँग्रेसका ओम बहादुर घर्ती (रुख) नेपाली कम्युनिस्ट पार्टीका गणेशमान महतो बीच देखिन्छ । माओवादीका गंगा प्रसाद ज्ञवाली (गोलो घेराभित्र दुई पात भएको गुलाफको फूल) लिएर प्रतिस्पर्धामा छन् । उनले माओवादी समर्थक क्षेत्रमा आफ्नो प्रभाब देखाउने प्रयास गरिरहेका छन्। अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले आफ्नो भोट बैंक विस्तार गर्न गाउँ–सहर दुवै क्षेत्रमा भेटघाट र प्रचारमा जोड दिएका छन्।

यस्तै यहाँ अन्य दलहरुवाट नवलपरासी–१ मा जन गौतम – राष्ट्रिय स्वतन्त्र पार्टी – घण्टी, दिपक चन्द्र बस्ताकोटी – राष्ट्रिय प्रजातन्त्र पार्टी – हलो, चन्द्रदत्त सापकोटा – राष्ट्रिय जनमोर्चा – गिलास, राजु गुरुङ्ग – मंगोल नेशनल अर्गनाइजेसन – कुखुराको भाले, विष्णुमान विक – नेशनल रिपब्लिक नेपाल – उडिरहेको माहुरी, भिम चन्द्रव गुरुङ्ग – श्रम संस्कृति पार्टी – अँजुलीमा रहेको माटो, बेल बहादुर सारु – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) – गोलो घेराभित्र दुई पात गुलाव, शत्रुघन थापा – राष्ट्रिय जनमुक्ति पार्टी – हात मिलाएको, पार्वती गुरुङसेनी – उज्यालो नेपाल पार्टी – बलिरहेको बिजुलीको चिम, छवीलाल मगर – जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह) – चकिया (जाँतो), अविनास सुनार – स्वतन्त्र – झोला, गोकुल शर्मा – स्वतन्त्र – डस्ट बिन, विन्दु के.सी. – स्वतन्त्र – दूरबिन प्रतिस्पर्धामा रहेका छन् ।

यस्तै नवलपुर २ मा मनिष खनाल – राष्ट्रिय स्वतन्त्र पार्टी – घण्टी, रन कुमारी महतो – राष्ट्रिय प्रजातन्त्र पार्टी – हलो, विष्णुम गिरी – राष्ट्रिय जनमोर्चा – गिलास, मानसिंह महतो – प्रगतिशील लोकतान्त्रिक पार्टी – खुलेको एकल आँखा, निब बहादुर आले – मंगोल नेशनल अर्गनाइजेसन – कुखुराको भाले, कमल चापागाई – श्रम संस्कृति पार्टी – अँजुलीमा रहेको माटो, गंगा प्रसाद ज्ञवाली – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) – गोलो घेराभित्र दुई पात भएको गुलाफको फूल, खेम बहादुर राना – राष्ट्रिय जनमुक्ति पार्टी – हात मिलाएको, लक्ष्मी सोमै मगर – आम जनता पार्टी (एकल चुनाव चिन्ह) – मोबाइल, गिता कुमारी लामिछाने – स्वतन्त्र – पंखा, टोल बहादुर लुंगेली मगर – स्वतन्त्र – ढिकी, पेम बहादुर सिंजाली – स्वतन्त्र – खाम, भरत प्रसाद वस्ती – स्वतन्त्र – कैंची, भिमा कुमारी भुसाल – स्वतन्त्र – क्यामरा, सशीला देवकोटा – स्वतन्त्र – कप र प्लेट। नवलपरासी–१ र –२ मा यसपालि विभिन्न दल र स्वतन्त्र विकल्पबीचको प्रतिस्पर्धाले निर्वाचन परिणामलाई रोचक र चुनौतीपूर्ण बनाउने अपेक्षा गरिएको छ।

स्याङ्जा १२ उम्मेदवारबीच पुराना दल र स्वतन्त्र शक्ति सक्रिय

गण्डकी प्रदेशको स्याङ्जा–१ र २ प्रतिनिधिसभा निर्वाचनमा यसपटक विभिन्न दल र स्वतन्त्र उम्मेदवारले मैदानमा रहेर कडा प्रतिस्पर्धा गर्दैछन्। मतदाताले उम्मेदवारको अनुभव, दलको प्रभाव र क्षेत्रीय प्राथमिकताको आधारमा मतदान गर्ने तयारी गरेका छन्।

स्याङ्जा–१
मुख्य दलतर्फ नेकपा (एकीकृत माक्र्सवादी–लेनिनवादी)बाट मिन प्रसाद गुरुङ्ग (सूर्य) र नेपाली काँग्रेसबाट भरत राज ढकाल (रुख) मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन्। यस्तै नेपाल कम्युनिस्ट पार्टीबाट शैलेन्द्र घिमिरे (पाँचकुने तारा) र राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनन्जय रेग्मी (घण्टी) बलियो दाबेदारका रूपमा देखिएका छन्।

अन्य दलतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हुकुम बहादुर राना (हलो), प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रन बहादुर विश्वकर्मा (खुलेको एकल आँखा), मंगोल नेशनल अर्गनाइजेसनबाट याम बहादुर गुरुङ्ग (कुखुराको भाले), नेशनल रिपब्लिक नेपालबाट अर्जुन कुमार गुरुङ (उडिरहेको माहुरी), श्रम संस्कृति पार्टीबाट पिरन गुरुङ्ग (अँजुलीमा रहेको माटो), नेकपा (माओवादी) बाट सोम बहादुर परियार (गोलो घेराभित्र दुई पात), उज्यालो नेपाल पार्टीबाट रविन्द्र मल्ल (बलिरहेको बिजुलीको चिम) उम्मेदवार छन्। स्वतन्त्र उम्मेदवारमा अशोक विष्ट (मुढा) पनि मैदानमा छन्।

स्याङ्जा–२
मुख्य दलतर्फ नेकपा (एकीकृत माक्र्सवादी–लेनिनवादी)बाट खिम बहादुर थापा (सूर्य) र नेपाली काँग्रेसबाट भागवत प्रकाश मल्ल (रुख) प्रतिस्पर्धामा छन्। नेपाल कम्युनिस्ट पार्टीबाट पदम बहादुर वि.क. (पाँचकुने तारा) र राष्ट्रिय स्वतन्त्र पार्टीबाट झवि लाल डुम्रे (घण्टी) बलियो उम्मेदवार मानिएका छन्।

अन्य दलतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविन पाठक (हलो), राष्ट्रिय जनमोर्चाबाट राजेन्द्र प्रसाद गैह्रे (गिलास), मंगोल नेशनल अर्गनाइजेसनबाट खर्क वहादुर थापा (कुखुराको भाले), नेशनल रिपब्लिक नेपालबाट तेज बहादुर थापा (उडिरहेको माहुरी), जय मातृभूमि पार्टीबाट धन बहादुर थापा (काखमा बच्चा लिएको आमा), राष्ट्रिय जनमुक्ति पार्टीबाट हरिदेव थापा (हात मिलाएको), स्वतन्त्र उम्मेदवार खिम बहादुर क्षेत्री (तिलहरी) र सागर थापा मगर (झोला) प्रतिस्पर्धामा छन्।

धेरै दल र स्वतन्त्र उम्मेदवारको उपस्थितिले स्याङ्जा–१ र २ को निर्वाचनलाई बहुपक्षीय र अनिश्चित बनाएको छ। मुख्य दलहरूबीचको प्रतिस्पर्धासँगै स्वतन्त्र उम्मेदवारले मत विभाजन गर्ने सम्भावनालाई पनि चासोका साथ हेरिएको छ।

तनहुँमा मुख्य दलसँगै स्वतन्त्र उम्मेदवारको प्रभाव

गण्डकी प्रदेशको तनहुँ–१ र २ प्रतिनिधिसभा निर्वाचनमा यसपटक विभिन्न दल र स्वतन्त्र उम्मेदवारले चुनावी मैदानमा भाग लिएका छन्। सत्तारूढ दल, विपक्षी दल, वैकल्पिक दल र स्वतन्त्र उम्मेदवारको सहभागिताले निर्वाचनलाई रोचक र चुनौतीपूर्ण बनाएको छ। मुख्य प्रतिस्पर्धी दलहरूमा नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली काँग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार प्रमुख दावेदारका रूपमा रहेका छन् ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र राष्ट्रिय स्वतन्त्र तथा प्रजातन्त्र पक्षधर दलका उम्मेदवारहरूले पनि मतदाता आकर्षित गर्ने अपेक्षा गरिएको छ । त्यस्तै अन्य दलहरूबाट नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल जनमुक्ति पार्टी, नेशनल रिपब्लिक नेपाल, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र आम जनता पार्टीका उम्मेदवारहरू मैदानमा छन्।

स्वतन्त्र उम्मेदवारहरूको संख्या पनि उच्च रहेको छ, जसले मत विभाजनको सम्भावना बढाएको छ । तनहुँ–१ का उम्मेदवारहरूमा भगवती न्यौपाने – नेकपा (एकीकृत माक्र्सवादी–लेनिनवादी) – सूर्य, गोविन्द भट्टराई – नेपाली काँग्रेस – रुख, विद्या नाथ ढकाल – नेपाल कम्युनिस्ट पार्टी – पाँचकुने तारा, स्वर्णिम वाग्ले – राष्ट्रिय स्वतन्त्र पार्टी – घण्टी, रामदत्त जोशी – राष्ट्रिय प्रजातन्त्र पार्टी – हलो, राम लक्ष्मी दुवाल – नेपाल मजदुर किसान पार्टी – मादल, प्रेम बहादुर थापा – मंगोल नेशनल अर्गनाइजेसन – कुखुराको भाले, याम बहादुर आले – नेपाल जनमुक्ति पार्टी – घर, सुमन थापा मगर – नेशनल रिपब्लिक नेपाल – उडिरहेको माहुरी, काशीराम गुरुङ – श्रम संस्कृति पार्टी – अँजुलीमा रहेको माटो, ओम विक्रम पन्त – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) – गोलो घेराभित्र दुई पात भएको गुलाफको फूल, मञ्जिल राना – उज्यालो नेपाल पार्टी – बलिरहेको बिजुलीको चिम, चिजा माया अधिकारी – आम जनता पार्टी – मोबाइल, दीपक राज जोशी – स्वतन्त्र – कैंची, लेख नाथ खनाल – स्वतन्त्र – आँप र सन्देश रानाभाट लौडारी – स्वतन्त्र – माना पाथी रहेका छन्।

तनहुँ–२ मा पनि नेकपा एमालेका केदार सिग्देल – सूर्य, नेपाली काँग्रेसका शंकर भण्डारी – रुख, नेपाली कम्युनिस्ट पार्टीका सोम बहादुर थापा– पाँचकुने तारा विचको प्रतिस्पर्धा मुख्य मानिएको छ । यस्तै श्रीराम न्यौपाने – राष्ट्रिय स्वतन्त्र पार्टी – घण्टी, याम बहादुर ठकुरी – राष्ट्रिय प्रजातन्त्र पार्टी – हलो, लक्ष्मण अधिकारी – नेपाल मजदुर किसान पार्टी – मादल, सुस्मा आले – मंगोल नेशनल अर्गनाइजेसन – कुखुराको भाले, पुर्ण बहादुर राना – नेपाल जनमुक्ति पार्टी – घर, नम बहादुर राना – नेशनल रिपब्लिक नेपाल – उडिरहेको माहुरी, गणेश बहादुर लामगादे – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) – गोलो घेराभित्र दुई पात भएको गुलाफको फूल र लाल बहादुर सार्की (गोतामे) – राष्ट्रिय जनमुक्ति पार्टी – हात मिलाएको चिन्ह लिएर मैदानमा छन्।

धेरै दल र स्वतन्त्र उम्मेदवारको सहभागिताले तनहुँ–१ र २ को निर्वाचन बहुपक्षीय र अनिश्चित बनाएको छ भने प्रशासन र सुरक्षा निकायले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्न सक्रिय छन्।

कास्कीमा बहुपक्षीय प्रतिस्पर्धा – मत विभाजनको संभावना उच्च
३ निर्वाचन क्षेत्र रहेको कास्कीमा यस्तो छ निर्वाचनको रणसंग्राम । कास्की–१ ः १७ जना चुनावी मैदानमा छन् । कास्की–२ ः १७ जना र कास्की–३ मा १५ जनाले प्रतिस्पर्धा गर्दैछन् । गण्डकी प्रदेशको राजधानी रहेको कास्कीका १, २ र ३ प्रतिनिधिसभा निर्वाचनमा यसपटक विभिन्न दल र स्वतन्त्र उम्मेदवारले चुनावी मैदानमा भाग लिएका छन्। यहाँको निर्वाचन अन्य जिल्लाको भन्दा फरक रुपमा हेरिएको छ । यहाँ मुख्य प्रतिस्पर्धी दलहरूमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा),नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवार प्रमुख दावेदारका रूपमा रहेका छन्। साथै, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य वैकल्पिक दलका उम्मेदवारहरूले पनि मतदाता आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै अन्य दलहरूबाट नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल जनमुक्ति पार्टी, नेशनल रिपब्लिक नेपाल, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, आम जनता पार्टी, नेपाल मातृभूमि पार्टी, संयुक्त नागरिक पार्टी लगायतका उम्मेदवारहरू मैदानमा छन्। स्वतन्त्र उम्मेदवारको सहभागिता पनि उच्च रहेको छ, जसले मत विभाजन गर्ने सम्भावना बढाएको छ ।

कास्की–१ मा प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका वैन बहादुर क्षेत्री, नेपाली काँग्रेसका तिलक बहादुर रानाभाट, नेपाली कम्युनिस्ट पार्टीका राजकाजी गुरुङ प्रमुख प्रतिस्पर्धी उम्मेदवारका रूपमा रहेका छन्। अन्य दलका उम्मेदवारहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, प्रगतिशील लोकतान्त्रिक पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल मानवतावादी पार्टी, नेपाल जनमुक्ति पार्टी, नेशनल रिपब्लिक नेपाल, श्रम संस्कृति पार्टी, माओवादी, उज्यालो नेपाल पार्टी, आम जनता पार्टी र स्वतन्त्र उम्मेदवारहरूले पनि आफ्नो आधार विस्तार गर्न प्रचार प्रसारमा सक्रियता देखाएका छन्।

कास्की–२ मा नेकपा एमालेका केदार सिग्देल, नेपाली कांग्रेसका माधव प्रसाद वांस्तोला, नेपाली कम्युनिस्ट पार्टीका हेम बहादुर थापा पराजुली, रास्वपाका उत्तम प्रसाद पौडेल र राप्रापाका हेम जङग गुरुङ विच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
अन्य दल नेपाल मजदुर किसान पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल जनमुक्ति पार्टी, नेशनल रिपब्लिक नेपाल, माओवादी, उज्यालो नेपाल पार्टी र स्वतन्त्र उम्मेदवारहरूले मतदाता आकर्षित गर्ने प्रयास गरेका छन्। स्वतन्त्र उम्मेदवारहरूको उच्च संख्या मत विभाजन र अनिश्चित परिणाम सिर्जना गर्ने सम्भावना बढाएको छ ।

कास्की–३ मा नेकपा एमलेका दामोदर पौडेल वैरागी, नेपाली कांग्रेसका मनोज गुरुङ्ग, नेपाली कम्युनिस्ट पार्टीका गोपाल गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी का बिना गुरुङ्ग बिच मुख्य प्रतिस्पर्धा हुनेछ । यस्तै अन्य दलका उम्मेदवारहरू राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, संयुक्त नागरिक पार्टी, नेपाल जनमुक्ति पार्टी, नेशनल रिपब्लिक नेपाल, श्रम संस्कृति पार्टी, माओवादी, उज्यालो नेपाल पार्टी, नेपाल मातृभूमि पार्टी र आम जनता पार्टीबाट मैदानमा छन्। यस क्षेत्रको बहुपक्षीय प्रतिस्पर्धाले निर्वाचन परिणामलाई चुनौतीपूर्ण र रोचक बनाएको छ ।

यी हुन कास्कीमा क्षेत्रगत लडाइँमा होमिएका उम्मेदवार
कास्की–१
वैन बहादुर क्षेत्री – नेकपा (एकीकृत माक्र्सवादी–लेनिनवादी) – सूर्य
तिलक बहादुर रानाभाट – नेपाली काँग्रेस – रुख
राजकाजी गुरुङ – नेपाल कम्युनिस्ट पार्टी – पाँचकुने तारा
खडक राज पौडेल – राष्ट्रिय स्वतन्त्र पार्टी – घण्टी
बाबु राम थापा – राष्ट्रिय प्रजातन्त्र पार्टी – हलो
राम काजी चर्माकार – जनता समाजवादी पार्टी – ढल्केको छाता
रवि मोहन ढकाल – राष्ट्रिय जनमोर्चा – गिलास
कर्ण बहादुर गुरुङ – प्रगतिशील लोकतान्त्रिक पार्टी – खुलेको एकल आँखा
श्री मान थापा – मंगोल नेशनल अर्गनाइजेसन – कुखुराको भाले
आश बहादुर दमै – नेपाल मानवतावादी पार्टी – इनार
मिन बहादुर दर्जी – नेपाल जनमुक्ति पार्टी – घर
यज्ञ वहादुर गुरुङ्ग – नेशनल रिपब्लिक नेपाल – उडिरहेको माहुरी
विल बहादुर तमाङ लामा – श्रम संस्कृति पार्टी – अँजुलीमा रहेको माटो
कुमार परियार – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) – गोलो घेराभित्र दुई पात भएको गुलाफको फूल
मनिषा द्धा – उज्यालो नेपाल पार्टी – बलिरहेको बिजुलीको चिम
हर्क बहादुर थापा – आम जनता पार्टी – मोबाइल
कृष्ण बहादुर राउत – स्वतन्त्र – त्रिभुज

कास्की–२
रश्मि आचार्य – नेकपा (एकीकृत माक्र्सवादी–लेनिनवादी) – सूर्य
माधव प्रसाद वांस्तोला – नेपाली काँग्रेस – रुख
हेम बहादुर थापा पराजुली – नेपाल कम्युनिस्ट पार्टी – पाँचकुने तारा
उत्तम प्रसाद पौडेल – राष्ट्रिय स्वतन्त्र पार्टी – घण्टी
हेम जङग गुरुङ – राष्ट्रिय प्रजातन्त्र पार्टी – हलो
बिनिता अवाल – नेपाल मजदुर किसान पार्टी – मादल
दिपक भण्डारी – प्रगतिशील लोकतान्त्रिक पार्टी – खुलेको एकल आँखा
ओल वहादुर गुरुङ – मंगोल नेशनल अर्गनाइजेसन – कुखुराको भाले
ख्याम बहादुर गुरुङ्ग – नेपाल जनमुक्ति पार्टी – घर
ज्ञान राज गुरुङ्ग – नेशनल रिपब्लिक नेपाल – उडिरहेको माहुरी
प्रेम बहादुर थापा – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) – गोलो घेराभित्र दुई पात भएको गुलाफको फूल
कुशल गुरुङ्ग – उज्यालो नेपाल पार्टी – बलिरहेको बिजुलीको चिम
निरञ्जन कोइराला – स्वतन्त्र – मसी
निर्दोष विक्रम पौडेल – स्वतन्त्र – क्याल्कुलेटर
राम चन्द्र आचार्य – स्वतन्त्र – हेल्मेट
वसन्त राज घिमिरे – स्वतन्त्र – ट्रफी
विष्णु प्रसाद तिवारी – स्वतन्त्र – त्रिभुज

कास्की–३
दामोदर पौडेल वैरागी – नेकपा (एकीकृत माक्र्सवादी–लेनिनवादी) – सूर्य
मनोज गुरुङ्ग – नेपाली काँग्रेस – रुख
गोपाल गिरी – नेपाल कम्युनिस्ट पार्टी – पाँचकुने तारा
बिना गुरुङ्ग – राष्ट्रिय स्वतन्त्र पार्टी – घण्टी
अर्जुन प्रसाद खनाल – राष्ट्रिय प्रजातन्त्र पार्टी – हलो
मिना न्हिसुतु – नेपाल मजदुर किसान पार्टी – मादल
जीवन बहादुर गुरुङ – मंगोल नेशनल अर्गनाइजेसन – कुखुराको भाले
टेक बहादुर सार्की – संयुक्त नागरिक पार्टी – गितार
मिन बहादुर थापा – नेपाल जनमुक्ति पार्टी – घर
तिरथ गुरुङ्ग – नेशनल रिपब्लिक नेपाल – उडिरहेको माहुरी
हित काजी गुरुङ्ग – श्रम संस्कृति पार्टी – अँजुलीमा रहेको माटो
कमल खड्का विश्वकर्मा – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) – गोलो घेराभित्र दुई पात भएको गुलाफको फूल
तर्क बहादुर गुरुङ्ग – उज्यालो नेपाल पार्टी – बलिरहेको बिजुलीको चिम
ओम प्रकाश विश्वकर्मा – नेपाल मातृभूमि पार्टी – बलिरहेको दियो
कुसल थापा क्षेत्री – आम जनता पार्टी – मोबाइल

अनेक दल र स्वतन्त्र उम्मेदवारको उपस्थितिले कास्की–१, २ र ३ को निर्वाचनलाई बहुपक्षीय र चुनौतीपूर्ण बनाएको छ। प्रशासन र सुरक्षा निकायले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्दै छन्।

लमजुङमा १० उम्मेदवारबीच मुख्य दल र स्वतन्त्र भिडन्त

लमजुङ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा चुनावी मैदानमा १० जना उम्मेदवार सक्रिय छन्। यसपटक विभिन्न दल र स्वतन्त्र उम्मेदवारबीचको प्रतिस्पर्धाले निर्वाचनलाई रोचक र चुनौतीपूर्ण बनाएको छ ।

यहाँ नेकपा एमालेका पृथ्वीसुव्वा गुरुङ, नेपाली काँग्रेसका गम प्रसाद गुरुङ नेपाली कम्युनिस्ट पार्टीका हरि जंग तमाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म राज के.सी विच मुख्य लडाईँ हुने आकलन गरिएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका केबिन्द्र जंग गुरुङ, नेपाल मजदुर किसान पार्टी गुजेश्वरी प्रजापति मगजु, मंगोल नेशनल अर्गनाइजेसनका विकास गुरुङ्ग, नेशनल रिपब्लिक नेपाल भरत गुरुङ, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का रविन्द्र चुनावी मैदानमा रहेका छन् ।

राजनीतिक विश्लेषकहरूले मुख्य प्रतिस्पर्धा नेपाल कम्युनिष्ट पार्टी एमाले,नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारबीच हुने अनुमान गरेका छन्। स्वतन्त्र उम्मेदवार र साना दलहरूले मत विभाजन र स्थानीय मुद्दामा आफ्नो प्रभाव देखाउने प्रयास गरिरहेका छन्। मनोनयन दर्ता गराएसँगै दल र उम्मेदवारहरु चुनावी अभियानमा सक्रिय भएर आफ्नो पोल्टामा जित पार्न रस्साकस्सी गरिरहेका छन् । जिल्ला प्रशासन र सुरक्षा निकायले निर्वाचनको निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्दै छन्। निर्वाचन केन्द्रहरुमा सुरक्षाका लागि निर्वाचन प्रहरी खटाउनका लागि प्रहरी लाई तालिम सिकाइँदै छ ।

चुनावी रणनीतिअनुसार सबै उम्मेदवारले स्थानीय विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायमा जोड दिएका छन्। प्रशासन र सुरक्षा निकायले निर्वाचनको निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्दैछन्।

मनाङमा त्रिपक्षीय प्रतिस्पर्धा

गण्डकी प्रदेशमा मनाङ १ मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो । यस निर्वाचन क्षेत्रमा यसपटक प्रतिनिधि सभा चुनावी भिडन्त मुख्य रूपमा तीन प्रमुख दल र स्वतन्त्र उम्मेदवारबीच त्रिपक्षीय रूपमा देखिएको छ । सवैभन्दा थोरै मतदाता रहेको यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका टेक बहादुर गुरुङ,नेपाल कम्युनिष्ट पार्टी नेकपाका यशोदा गुरुङ (सुवेदी), र मंगोल नेशनल अर्गनाइजेसनका राम बहादुर घले चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

दिपक मनाङेले बारम्बार जित्दै आएको यो क्षेत्रमा नेपाली काँग्रेस लाई एमालेले समर्थन गरेको छ । मनाङे यसपाली गोरखा पुगेका छन् । यहाँ नेपाली काँग्रेस र नेकपाबीचको प्रतिस्पर्धा कडा हुने देखिन्छ । मंगोल नेशनल अर्गनाइजेसनको उम्मेदवारले क्षेत्रीय पहिचान र स्थानीय मुद्दामा बल राख्दै मत विभाजनमा भूमिका खेल्ने सम्भावना छ ।

उम्मेदवारहरु निर्वाचन क्षेत्रमा जित हाँसिलका लागि लागिपरेका छन् । प्रशासन र सुरक्षा निकायले निर्वाचनको निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्दैछन्।

गोरखामा शक्ति सन्तुलनमा वैकल्पिक दलको अपेक्षा

गण्डकी प्रदेशअन्तर्गत गोरखा–१ र २ प्रतिनिधिसभा निर्वाचनमा यसपटक सत्तारूढ, प्रतिपक्षी तथा वैकल्पिक दल र स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । पुराना ठूला दलसँगै नयाँ र क्षेत्रीय शक्तिहरूको उपस्थितिले यहाँको शक्ति सन्तुलनलाई रोचक र अनिश्चित बनाएको छ । गोरखा निर्वाचनको बेला चर्चामा आउने गर्छ यहाँ स्वतन्त्र उम्मेदवारका कारण निर्वाचन लाई पनि चासोका साथ हेरिएको छ ।

गोरखा–१ मुख्य दलसँगै वैकल्पिक शक्तिको चुनौती

गोरखा–१ मा नेपाल कम्युनिष्ट पार्टी एमालेका राम चन्द्र लामिछाने (सूर्य) र नेपाली काँग्रेसका प्रेम कुमार खत्री (रुख) ,नेपाली कम्युनिष्ट पार्टीका हरि राज अधिकारी (पाँचकुने तारा) बिचमा मुख्य लडाँई हुने छ । यस्तै यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ (घण्टी) र राष्ट्रिय प्रजातन्त्र पार्टीका केदार मणी खनाल (हलो) ले चुनावी समीकरणलाई त्रिपक्षीयभन्दा पनि बहुपक्षीय बनाइदिएका छन्।

यसैगरी नेपाल मजदुर किसान पार्टीकी मनु कुमारी श्रेष्ठ (मादल), मंगोल नेशनल अर्गनाइजेसनका देव बहादुर थापा (कुखुराको भाले), संयुक्त नागरिक पार्टीका जित बहादुर घले (गितार), नेशनल रिपब्लिक नेपालका आकाश राना मगर (उडिरहेको माहुरी), नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का विष्णु प्रसाद रिजाल (गोलो घेराभित्र दुई पात भएको गुलाव), उज्यालो नेपाल पार्टीका रामकाजी राना मगर (बलिरहेको बिजुलीको चिम) र स्वतन्त्र उम्मेदवार कविता भट्टराई (कप र प्लेट) पनि चुनावी मैदानमा छन्।
मुख्य प्रतिस्पर्धी बाहेक यी उम्मेदवारले मत विभाजनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ ।

गोरखा–२ मा परिवर्तनको बहस

गोरखा–२ मा पनि प्रतिस्पर्धा कम रोचक छैन। नेकपा (एमाले) का मिलन गुरुङ्ग (सूर्य) र नेपाली काँग्रेसका प्रकाश चन्द्र दवाडी (रुख) मुख्य दाबेदारका रूपमा देखिएका छन्। उनीहरूलाई नेपाल कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपाने (पाँचकुने तारा), राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी (घण्टी) र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुल बहादुर बस्नेत (हलो) ले कडा चुनौती दिइरहेका छन्।

यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका राम शरण बुढाथोकी (मादल), मंगोल नेशनल अर्गनाइजेसनका सोम बहादुर गुरुङ (कुखुराको भाले), नेशनल रिपब्लिक नेपालका प्रसाद गुरुङ (उडिरहेको माहुरी), नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का टेक बहादुर प्रधान (गोलो घेराभित्र दुई पात भएको गुलाफको फूल), उज्यालो नेपाल पार्टीका बलराम तामाङ (बलिरहेको बिजुलीको चिम), आम जनता पार्टी (एकल चुनाव चिन्ह) की कल्पना कुमाल (मोबाइल) तथा स्वतन्त्र उम्मेदवार चूडा प्रसाद ढकाल (सारङ्गी) र हरि पोखरेल (मुसो) पनि मैदानमा छन्।

पुराना दलहरुको सट्टा वैकल्पिक दल र स्वतन्त्र उम्मेदवारको बाक्लो उपस्थितिले मत विभाजन बढाउने र अन्तिम नतिजा अप्रत्याशित बनाउन सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ । प्रशासन र सुरक्षा निकायले शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी निर्वाचनका लागि तयारी तीव्र पारेका छन्। गोरखाको यो बहुपक्षीय रणसंग्रामले प्रदेशकै राजनीतिक दिशालाई प्रभाव पार्ने आँकलन रहेको छ ।

अन्तत: उम्मेदवारहरु आफ्नो आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानमा सक्रिय रहेका छन् । गण्डकी प्रदेशको प्रतिनिधि सभा निर्वाचन २०८२ बहुपक्षीय र अनिश्चित नतिजासँग सम्पन्न हुँदैछ। पुराना दल, वैकल्पिक दल र स्वतन्त्र उम्मेदवारबीचको प्रतिस्पर्धाले मत विभाजन र क्षेत्रीय अस्थिरता बढाएको छ । यहाँ कास्की, नवलपुर र स्याङ्जामा पुराना दललाई हम्मेहम्मे पर्ने देखिएको छ । वैकल्पिक दल र स्वतन्त्र उम्मेदवारको सक्रियताले मुख्य दलबीचको सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने विश्लेषण गर्न सकिन्छ ।

साना जिल्लाहरू, जस्तै मनाङ र मुस्ताङमा मतदाताको सीमित संख्या र स्थानीय मुद्दाले नतिजालाई रोचक बनाएको छ । पर्वत र बाग्लुङमा स्वतन्त्र उम्मेदवारको उपस्थितिले मत विभाजनलाई बढाएको छ, जसले चुनावी रणनीतिलाई चुनौतीपूर्ण बनाएको छ।

यस चुनावको परिणाम केवल मुख्य दलको लोकप्रियतामा मात्र निर्भर छैन; क्षेत्रीय प्राथमिकता, स्थानीय विकास योजना, र स्वतन्त्र उम्मेदवारको प्रभाव निर्णायक हुनेछन्। प्रशासनको सक्रिय निगरानी र सुरक्षा व्यवस्थाले निर्वाचनको निष्पक्षता सुनिश्चित गरे तापनि, मतदाताको अस्थिरता र बहुपक्षीय भिडन्तले राजनीतिक परिदृश्यमा नयाँ समीकरणहरू सिर्जना गर्ने आम नागरिको अपेक्षा छ ।

Skip This
Skip This
Logo