काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको आरोपलाई पूर्णतः खण्डन गर्दै ‘रहर’ र ‘पूर्वाग्रह’ भन्दै आफ्नो बचाउ गरेका छन् ।
आयोगलाई बुधबार स्पष्टीकरण दिँदै साम्पाङले कुनै पनि स्थान वा समयमा बालबालिकालाई निर्वाचनमा खटाउने निर्णय वा निर्देशन नदिएको र बालबालिकाहरुले ‘रहरले’ टिसर्ट लगाएका हुन सक्छन् भन्दै आफ्नो बचाउ गरेका हुन् ।
त्यस्तै, उनले विदेशमा रहेका शुभचिन्तकहरूले आफ्नै खर्चमा आफ्नो फोटो अंकित टिसर्ट छापेर पठाएको पनि बताएका छन् । उनले आफूसँग ‘लाखौं समर्थक र विशाल चुनाव परिचालन समिति’ रहेको उल्लेख गर्दै बालबालिकाको सहारा लिनुपर्ने कुनै आवश्यकता नरहेको दाबी पनि गरेका छन् ।
निर्वाचन आचारसंहितामा बालबालिकालाई कुनै पनि प्रकारको निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न निषेध गरिएको छ ।































प्रतिक्रिया