जनमुखी र व्यावहारिक योजना लिएर सर्लाही १ मा नितिमा कार्की चुनावी मैदानमा

जनमुखी र व्यावहारिक योजना लिएर सर्लाही १ मा नितिमा कार्की चुनावी मैदानमा

केन्द्रबिन्दु
135
Shares

सर्लाही। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार नितिमा कार्कीले सर्लाही–१ मा आफ्नो चुनावी अभियान सुरु गरेकी छन्। कार्की बेरोजगारी, कृषि उत्पादनको न्यून मूल्य, युवाको पलायन, शिक्षा र स्वास्थ्य सेवामा पहुँचको अभाव, कमजोर पूर्वाधारजस्ता समस्या समाधान गर्ने लक्ष्यमा केन्द्रित रहेकी छिन्।

शिक्षा, व्यवसाय र सामाजिक सेवामा अनुभव भएकी कार्की अन्तर्राष्ट्रियस्तरको शिक्षा हाँसिल गरेकी उम्मेदवार हुन्। उनले बेलायतको ओल्ड स्ट्रिट कलेजबाट बी.टेक उपाधि हाँसिल गरेकी छन् । उनी आफ्नो शिक्षा ,
ज्ञान र अनुभव लाई राजनीति मार्फत समाज रुपान्तरण गर्न पहिलो पटक प्रत्यक्ष रुपमा राजनीतिमा होमिएकी हुन् ।

अभियानका क्रममा कार्कीले भनेकी छन् , “सिर्फ नाराबाजी होइन, व्यावहारिक योजना र परिणाममुखी कामले सर्लाहीका युवा, किसान र आम नागरिकको जीवन सुधार गर्न सकिन्छ।”

सर्लाही–१ मा कांग्रेस, एमाले, नेकपा, जसपा र राप्रपाले पनि चुनावी गतिविधि अघि बढाइरहेका छन्। तर कार्कीले प्रत्यक्ष संवाद र समस्या बुझाइको माध्यमबाट आफ्नो प्रभाव विस्तार गर्ने रणनीतिका साथ चुनावी अभियानमा अग्रसर छन् ।

Skip This
Skip This
Logo