काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा रूपन्देही जिल्ला अदालतले तत्काल फिर्ता नलिने भएको छ ।
महान्यायाधिवक्ता कार्यालयले लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग फिर्ता गर्ने निर्णय गरे पनि रूपन्देही जिल्ला अदालतले भने सर्वोच्च अदालतबाट टुंगो लागेपछि मात्रै सरकारी वकिलहरुले पेस गरेको निवेदनमाथि सुनुवाइ हुने जनाएको हो ।
जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले उक्त विषयमा सर्वोच्च अदालतमा रिट परेको र उक्त रिट विचाराधीन रहेकोले त्यसको अन्तिम टुंगो लागेपछि मात्र पेस गर्न माघ ६ गते नै आदेश दिएका हुन्।































प्रतिक्रिया