काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको जापानको औपचारिक भ्रमण मन्त्रिपरिषद् बैठकले स्विकृत गरेको छ । आज सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
राष्ट्रपति पौडेल नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध गाँसिएको ७० वर्ष पुगेको विशेष अवसर पारी जापान भ्रमणमा जान लागेका हुन् ।
दुई मुलुकबीच १७ भदौ २०१३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति पौडेल यही माघ १८ गते जापान प्रस्थान गर्नेछन् । उनको जापान भ्रमण चार दिनको हुने जनाइएको छ ।































प्रतिक्रिया