हुम्लाका २७ मतदानस्थल अतिसंवेदनशील

हुम्लाका २७ मतदानस्थल अतिसंवेदनशील

केन्द्रबिन्दु
24
Shares

हुम्ला। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लामा सुरक्षालाई मुख्य चुनौतीका रूपमा हेरिएको छ । जिल्लाका २७ मतदानस्थललाई सुरक्षाका हिसाबले अतिसंवेदनशील सूचीमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार थप २१ मतदानस्थल संवेदनशील र १३ मतदानस्थल सामान्य वर्गमा राखिएका छन् । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

अतिसंवेदनशील मतदानस्थलमा ८९ जना नेपाल प्रहरी र २८४ जना निर्वाचन प्रहरी परिचालन गरिनेछ । त्यसैगरी संवेदनशील मतदानस्थलमा ६५ जना नेपाल प्रहरी र १२८ जना निर्वाचन प्रहरी खटाइनेछ भने सामान्य मतदानस्थलमा ३९ जना नेपाल प्रहरी र ६५ जना निर्वाचन प्रहरी रहने व्यवस्था गरिएको छ ।

हुम्ला जिल्लाभर ६१ मतदानस्थलमा ६४ मतदान केन्द्र रहेका छन् । निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकायले आवश्यक तयारी पूरा गरेको जनाएको छ ।

Skip This
Skip This
Logo