झापा । नेपाली कम्युनिस्ट पार्टीबाट झापा-५ मा उम्मेदवार रहेका रञ्जित तामाङले चुनावी गठबन्धन वा तालमेलको कुनै सम्भावना नरहेको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन साहसँग प्रतिस्पर्धामा रहेका तामाङले नेकपा कसैसँग चुनावी तालमेल नगरी एक्लै मैदानमा उत्रिएको बताएका हुन् । उनले भनेका छन्, ‘म आफ्नो एजेन्डा र मुद्दा सुनाएर चुनावमा जाँदैछु, मतदाताको घरदैलोमा पुगेर मैले आफ्नो विषय र विचार राखेको छु । अरू सबैले पनि राख्ने क्रम जारी छ। मलाई आशा र विश्वास छ, यस पटकको जनताले आफ्नो मत स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगबाट व्यक्त गर्न पाउनुहुनेछ ।’
उनले चुनावी गठबन्धनबारे भइरहेको चर्चामा कुनै सत्यता नभएको दाबी गरेका छन् ।





























प्रतिक्रिया