काठमाडौं महानगरलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं महानगरलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । ७० वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम सुरु गरेको काठमाडौं महानगरपालिकालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेको अवस्थामा महानगरले ७० वर्ष र सो भन्दा माथिका नागरिकलाई घर घरमा गई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको भन्ने विषयमा आयोगले महानगरलाई पत्र लेखेको हो

बालेन शाहले संसदीय राजनीतिमा होमिने उदेश्यका साथ नगर प्रमुख पदबाट राजीनामा दिएपछि कार्यबाहकको जिम्मेवारी पाएकी सुनिता डंगोलले सोमबारबाट काठमाडौँ महानगरभित्रका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था सर्वेक्षणका लागि सबै वडाहरुमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेकी थिइन् ।

जसको केही छैन अर्थात् आर्थिक अवस्था कमजोर छ । सहयोग गर्ने परिवारका सदस्य कोही साथमा छैनन् । त्यस्ता ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित उपचार र सर्वेक्षण थालिएको डंगोलको भनाइ थियो । तर आचारसंहिता लागू भइसकेको अवस्थामा वातावरण खल्बल्याउन सक्ने भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

कार्यवाहक नगरप्रमुखले सुरु गरेको भनिएको कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा परेको कार्यक्रम हो वा होइन ? भनेर आयोगले महानगरपालिकालाई जवाफ सहित कागजात पेश गर्न भनेको छ ।

Logo