काठमाडौं। फागुन २१ का लागि तय प्रतिनिधि सभा निर्वाचनको सुरक्षा सुनिश्चित गर्न नेपाली सेना आजदेखि फिल्डमा खटिएको छ।
एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार देशभर ७९ हजार ७२७ सैनिक परिचालन गरिएका छन्। सेनाले संवेदनशील क्षेत्र, मतदानस्थल र आवश्यक परे संयुक्त गस्ती गर्नेछ।
हेलिकप्टरमार्फत विकट र अतिसंवेदनशील क्षेत्रमा हवाई गस्ती, मतपेटिका ढुवानी र आकस्मिक सुरक्षा व्यवस्था समेत मिलाइएको छ। बम डिस्पोजल टोली पनि संवेदनशील स्थलमा अलर्टमा राखिएको छ।
निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी पनि ठुलो संख्यामा खटिने भएपछि महत्वपूर्ण प्रतिष्ठानदेखि कारागार, विमानस्थलको सुरक्षा सेनाले गर्नेछ ।
यो अवधिमा महत्वपूर्ण प्रतिष्ठानमा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि अन्य विमानस्थलहरु, कारागार कार्यालयहरू, सिंहदरबारलगायतका महत्वपूर्ण ठाउँ तथा प्रतिष्ठाहरुको सुरक्षा जिम्मा सेनाको हातमा रहेको छ ।





























प्रतिक्रिया