बैतडी। बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय निर्वाचन प्रहरी प्रकाश चन्दको मृत्यु भएको हो । सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायले जानकारी दिएका छन् ।
चन्दको मृत्युले निर्वाचन तयारीमा संलग्न सुरक्षाकर्मी र घरपरिवारमा शोक छाएको छ । यस्तो दुर्घटना हुन सक्ने भएकाले थप सतर्कता अपनाउन सुरक्षा निकायले बताएको छ ।





























प्रतिक्रिया