काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भुक्तानीमा देखिएका समस्याको समाधान गर्न सरोकारवाला पक्षसँग आज छलफल गर्ने भएकी छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हुने छ ।
देशभरका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले समयमै नबुझाएपछि सेवा प्रवाहमा कठिनाइ भइरहेको छ । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि रकम नपाउँदा सेवा बन्दको चेतावनीसमेत दिएका छन्।
स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ ।































प्रतिक्रिया