धनकुटा कांग्रेसद्वारा एमालेमाथि आचारसंहिता उल्लंघनको आरोप

धनकुटा कांग्रेसद्वारा एमालेमाथि आचारसंहिता उल्लंघनको आरोप

उल्लंघनकर्तामाथि कार्बाही नभए जनस्तरबाट कडा प्रतिवाद गर्ने चेतावनी

केन्द्रबिन्दु
33
Shares

धनकुटा । नेकपा एमालेले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाएको छ ।

आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा मतादाताहरुलाई प्रभावित बनाउने धेयले नगद तथा सामग्री वितरण, साउण्ड सिस्टम र बाजागाजासहित गाडीमा पार्टीको झण्डा राखी प्रचार–प्रसार गर्ने जस्ता गतिविधि जारी राखेकोमा आपत्ति जनाएको हो । कांग्रेसले बुधवार एक विज्ञप्ती जारी गर्दै निर्वाचन आचारसंहिता विपरित गरेको एमालेले तत्काल रोक्नुपर्ने भन्दै सम्वन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।

धनकुटा कांग्रेसका सचिव विजयसन्तोषी राईले मुख्य निर्वाचन अधिकृत, जिल्ला प्रशासन र निर्वाचन कार्यालयलाई ध्यानाकर्षण गराउँदै सम्बन्धित उम्मेदवारमाथि छानबिन र कारबाही गर्न जोडदार माग गरेका छन् ।

कांग्रेसले स्वच्छ र निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने भन्दै आचारसंहिता उल्लंघनकर्तामाथि कार्बाही नभए जनस्तरबाट कडा प्रतिवाद गरिने चेतावनीसमेत दिएको छ ।

Skip This
Skip This
Logo