बागलुङ । साझा वाम उम्मेदवार तथा नेकपा नेता ज्ञामनाथ गैरे ‘अनिल’ प्रतिनिधिसभा निर्वाचन लक्षित घरदैलो अभियानमा सक्रिय भएका छन्। बागलुङ–२ बाट उम्मेदवारी दिएका गैरे मतदाताको समस्या, आवश्यकता र अपेक्षा बुझ्न गाउँगाउँमा पुगिरहेका छन्।
तमानखोला गाउँपालिका–१ हिजा गाउँ र वोङगादोभान बजारबाट सुरु भएको अभियानमा गैरेले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै स्वास्थ्य, शिक्षा, सडक, विद्युत्, इन्टरनेट, कृषि, सिँचाइ, घरेलु उद्योग र पशुपालनलगायत युवा स्वरोजगार, स्थानिय जनताका जनसवाल र जनजीविकाका विषयमा सुझाव लिएका छन्। अभियानका क्रममा उनले जनताको आवाज प्रतिनिधिसभामा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन्। यस्तै गैरेले जनताको सुखदुखमा सदैव संगै भएर हातेमालो गर्दै समाजवादी यात्रामा अगाडि बढ्ने समेत बताए ।
गैरेसहितको निर्वाचन परिचालन टोलीले तमानखोला गाउँपालिका–२ का खलवाङ, खोलेसवाङ मिलनटोल, भैयरबोङगा, किस्तिवाङ, वुङखानीलगायत क्षेत्रका युवा, किसान, उद्योगी, मजदुर, ज्येष्ठ नागरिक, विद्यार्थी र शिक्षकसँग अन्तरक्रिया गरेको छ । स्थानीयले विकास, रोजगारी र आधारभूत सेवामा सुधारको अपेक्षा राखेका छन्।
गरैले भने, “जनताको घरदैलोमा पुगेर समस्या सुन्नु नै मेरो राजनीति हो, सत्तामा पुगेपछि मात्र सेवा गर्ने सोच मेरो होइन। मतदाताको विश्वासलाई विकास र सुशासनमा परिणत गर्दै विकास कागजमा होइन, जनताको दैनिक जीवनमै देखिने गरी काम गर्ने मेरो प्रतिबद्धता छ।”
राजनीति विभाजनको नभएर सहकार्य र सहमतिबाट समृद्ध समाज निर्माण गर्ने माध्यम बन्नुपर्ने भन्दै गैरेले बागलुङका युवालाई विदेशिनुपर्ने बाध्यता अन्त्य गर्दै गाउँमै रोजगारी र अवसर सिर्जना गर्नु मुख्य प्राथमिकता भएको बताए । गैरेले हिजोपनी संगै आज पनि संगै र भोलीपनि जनतासंग संगै रहको उल्लेख गरे ।
चुनावी अभियान तमानखोला गाउँपालिका–१ का पैरा र स्याउला गाउँ तथा वडा नं ५ का खुंखानी र खासपुरीमा मतदातासँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको नेकपाका केन्द्रीय सदस्य राजिव घिमिरेले जानकारी दिए ।
यसैगरी निर्वाचन टोलीले ढोरपाटन नगरपालिका र निसिखोला गाउँपालिकामा पनि पार्टी नेता, कार्यकर्ता र सर्वसाधारणसँग भेटघाट गर्ने कार्यक्रम रहेको निर्वाचन समितिका संयोजक फमलाल निउरेले बताए।
बागलुङमा जनमोर्चा र नेकपाले चुनावी गठबन्धन गरेर अभियानमा लागेका छन् ।





























प्रतिक्रिया