काठमाडौं। निर्वाचन आचारसंहिता लागू भएपछि निर्वाचन आयोगले न्यायपरिषद्मा पत्र पठाउँदै हालका र नयाँ न्यायाधीशको नियुक्ति नगर्न निर्देशन दिएको छ ।
न्यायपरिषद्ले केही साता अघि लोकसेवा परीक्षा उत्तीर्ण जिल्ला न्यायाधीशहरूको नियुक्ति प्रक्रिया अघि बढाइरहेको थियो। यसबारे पत्राचार गरेपछि आयोगले निर्वाचन अवधिमा नियुक्ति नगर्न स्पष्ट निर्देशन दिएको हो।
निर्वाचन आचारसंहिताअन्तर्गत पदाधिकारी नियुक्ति र प्रशासनिक निर्णयहरूले निर्वाचन प्रक्रियामा प्रभाव नपार्नुपर्ने देखाउँदै आयोगले यस्तो कदम उठाएको जनाएको छ ।





























प्रतिक्रिया