काठमाडौं। गृह मन्त्रालयले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई निर्वाचन आयोगबाट दिइएको ‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’ को जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लागू गरिसकेको छ।
गृह सचिव राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आचारसंहिता पालना गराउन निष्पक्ष र निर्भीक रूपमा काम गर्न भनिएको छ । साथै, आफूले गरेको अनुगमन र कारबाहीसम्बन्धी प्रतिवेदन गृह मन्त्रालयमा पनि पठाउन अनुरोध गरिएको छ ।
आयोगले सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई जिल्लाको आर्थिक विषयबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिएको स्पष्ट पारेको छ ।





























प्रतिक्रिया