रौतहट घटनामा रास्वपाले भन्यो- छानबिनका लागि पूर्ण सहयोग गर्नेछौं

रौतहट घटनामा रास्वपाले भन्यो- छानबिनका लागि पूर्ण सहयोग गर्नेछौं

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट बालिकाको निधन भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गहिरो दुःख व्यक्त गरेको छ।

रौतहट निर्वाचन क्षेत्र नम्बर २ रास्वपाका उम्मेदवार सगिर आलमकाे गाडीले ठक्कर दिँदा बिहीबार दिउँसो ४ वर्षीया बालिकाको ज्यान गएको थियाे । आज पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस कठिन र शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं।”

रास्वपाले घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी नराख्ने विज्ञप्तिमा उल्लेख छ। साथै, पीडित परिवारलाई राहत र सहयोग उपलब्ध गराउन पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको समेत रास्वपाले जानकारी दिएको छ।

यस घटनापछि रास्वपाले आफ्ना सम्पूर्ण पार्टीपंक्ति, उम्मेदवार र सवारी चालकहरूलाई विशेष निर्देशन जारी पनि गरेको छ। चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन, सुरक्षा संवेदनशीलतालाई पहिलो प्राथमिकता दिन, ट्राफिक नियम र सुरक्षा मापदण्डको पूर्ण पालना गर्न कडा निर्देशन दिइएको छ।

Skip This
Skip This
Logo