समावेशीका कुरा माकुरा : ललितपुर–२ उम्मेदवारमा आदिवासी जनजातिको वर्चस्व

समावेशीका कुरा माकुरा : ललितपुर–२ उम्मेदवारमा आदिवासी जनजातिको वर्चस्व

केन्द्रबिन्दु
30
Shares

काठमाडौं। ललितपुर निर्वाचन क्षेत्र नम्बर–२ मा उम्मेदवारहरूको जातीय संरचना हेर्दा फरक देखिएको छ । निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा उम्मेदवारमध्ये सबैभन्दा धेरै आदिवासी तथा जनजाति समुदायका छन्।

आयोगको तथ्यांकअनुसार ललितपुर–२ मा उम्मेदवारमध्ये ६५.२२ प्रतिशत आदिवासी÷जनजाति समुदायका छन्। खस आर्य उम्मेदवार ३०.४३ प्रतिशत छन् भने मधेशी समुदायका उम्मेदवार ४.३५ प्रतिशत मात्रै रहेका छन्।

यस निर्वाचन क्षेत्रमा कूल ८९ हजार ८२ जना मतदाता छन्। तीमध्ये ४३ हजार २९८ पुरुष र ४५ हजार ७८४ महिला मतदाता रहेका छन्। महिला मतदाताको संख्या पुरुषभन्दा बढी छ।

ललितपुर–२ बाट यसपटक २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। तीमध्ये २१ जना पुरुष र दुई जना महिला उम्मेदवार छन्। सात जना उम्मेदवार स्वतन्त्र छन् भने बाँकी विभिन्न राजनीतिक दलबाट मैदानमा उत्रिएका हुन्।

मुख्य राजनीतिक दलका उम्मेदवारमा नेकपा एमालेबाट प्रेमबहादुर महर्जन, नेपाली कांग्रेसबाट प्रेमकृष्ण महर्जन, नेकपाबाट राजेन्द्र अमात्य, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगदिश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रघुवरराज थापा रहेका छन्।

अन्य उम्मेदवारमा जनता समाजवादी पार्टी नेपालबाट रिहिणी कस्ती, नेपाल मजदुर किसान पार्टीबाट चिरीमैयाँ महर्जन, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कृष्ण महर्जन, श्रम संस्कृति पार्टीबाट सरोज राई र उज्यालो नेपाल पार्टीबाट राजाराम तण्डुकार उम्मेदवार छन्।

उम्मेदवारको जातीय संरचनाले ललितपुर–२ मा प्रतिनिधित्व र समावेशिताको बहसलाई पुनः सतहमा ल्याएको छ । अब मतदाताले उम्मेदवारको पृष्ठभूमि, एजेन्डा र क्षमताको आधारमा कसलाई रोज्छन् भन्ने विषयमा चासो बढेको छ ।

Skip This
Skip This
Logo