काठमाडौँ। मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। नेपाल प्रहरीले उनलाई काठमाडौँको चाल्नाखेलबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले प्रसाईं पक्राउ परेको पुष्टि गरे पनि उनीमाथि लगाइएको अभियोगबारे स्पष्ट खुलाउन चाहेनन्। तर, यसअघि दिएको विवादास्पद सार्वजनिक अभिव्यक्तिसँग पक्राउ जोडिएको आशंका गरिएको छ।
प्रसाईं गत माघ ५ गते सार्वजनिक शान्ति विरुद्धको कसुरमा पोखराबाट पक्राउ परेर काठमाडौँ ल्याइएका थिए। भोलिपल्ट माघ ६ गते हाजिर जमानीमा रिहा भएका उनी एक महिनामै फेरि प्रहरी नियन्त्रणमा पुगेका हुन्।
प्रसाईंले हालै नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापति गगन थापा पक्षले निर्वाचन आयोगलाई रकम बुझाएर आधिकारिकता लिएको दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो।































प्रतिक्रिया