झापा ५ मा गठबन्धन भयो भन्नु हल्ला मात्र हो : प्रचण्ड

झापा ५ मा गठबन्धन भयो भन्नु हल्ला मात्र हो : प्रचण्ड

केन्द्रबिन्दु
45
Shares

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा निर्वाचन क्षेत्र नम्बर–५ मा अहिलेसम्म कुनै पनि दलसँग चुनावी गठबन्धन नगरेको स्पष्ट पारेका छन्।

निर्वाचन परामर्श कार्यक्रममा सहभागी हुन पुगेका प्रचण्डलाई सञ्चारकर्मीले झापा–५ मा गठबन्धनको तयारी कस्तो भइरहेको छ ? भन्ने प्रश्न गरेका थिए । त्यसको जवाफमा उनले गठबन्धन भएको भन्ने समाचारलाई गलत हल्ला भएको बताए । प्रचण्डले भने “अहिलेसम्म कसैसँग गठबन्धन भएको छैन,बाहिर आएका समाचार सत्य होइनन्।”

पछिल्लो समय नेकपा र एमालेबीच चुनावी सहकार्य हुनसक्ने चर्चा चले पनि प्रचण्डले यो निर्वाचनमा कसैसँग नमिल्ने अडान दोहो¥याउँदै आएका छन्।

झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रतिस्पर्धामा छन् । देखिएको सो क्षेत्रमा नेकपाले रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।
उम्मेदवारी दिने क्रममा तामाङलाई प्रचण्डले जितेर आउनु भन्दै शुभकामना सहित पार्टीको उम्मेदवारी पत्र दिएर हात मिलाएका थिए।

Logo