काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी–२ झुम्कामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा आफ्नो विश्वासलाई प्रत्यक्ष भोटमा परिणत गर्न आह्वान गरेका छन् । थापाले कांग्रेसले जनतासँग गरेका वाचा पूरा गरिरहेको र भ्रष्टाचार अन्त्य तथा सुशासनका लागि आधारसहित काम अगाडि बढाईएको जानकारी दिए ।
सभापति थापाले भने, “तपाईँहरूले मलाई र कांग्रेसलाई माया गर्नु भएको छ, विश्वास गर्नु भएको छ । अब यही विश्वासलाई भोटमा परिणत गर्नुस्, हामीले प्रतिवद्धता पूरा गर्नेछौँ।” उनले कांग्रेसले विगतमा गरेका प्रतिवद्धता र गरेका सुधार कार्यको विवरण कार्यकर्तालाई बुझाउँदै सम्पुर्ण मतदातालाई जानकारी दिन आग्रह गरे।
यस्तै उनले बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्ने भन्दै नेता कार्यकर्ताले जनताको विश्वासलाई सही दिशा दिने जिम्मेवारीमा लाग्नु जरुरी रहेको उल्लेख समेत गरे ।































प्रतिक्रिया