बीपी पछि पार्टीको घोषणा पत्र लेख्ने सभापति गगन मात्र हुन : शंकर तिवारी

बीपी पछि पार्टीको घोषणा पत्र लेख्ने सभापति गगन मात्र हुन : शंकर तिवारी

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । बीपी कोइराला पछि नेपालको मुख्य दलमा पार्टी सभापति आफैले घोषणापत्र लेख्ने व्यक्ति कांग्रेसका सभापति गगनकुमार थापा बन्ने भएका छन् । कांग्रेस युवा नेता शंकर तिवारीले निर्वाचन लक्षित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा स्याङ्जाको क्षेत्र नम्बर १ पुतली बजार नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उक्त कुरा बताएका हुन्।

तिवारीले अगाडि भने, ‘नेपाली कांग्रेसले घोषणापत्रलाई संकल्पपत्र नाम दिने तय पनि गरेको छ । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले २०१५ सालको प्रथम आम निर्वाचनमा नेपाली कांग्रेस पार्टीको घोषणापत्र आफैले तयार गरेका थिए । त्यतिबेला पनि बीपी कोइराला विशेष अधिवेशनबाट सभापतिमा चयन हुनुभएको थियो भने अहिले पनि गगन थापा विशेष अधिवेशनबाट सभापतिमा चयन हुनु रोचक संयोग हो ।’

घोषणापत्रको कार्यान्वयन प्रधानमन्त्रीको उम्मेदवारले गर्ने भएकाले आफूलाई पार्टीले प्रधानमन्त्रीबाट प्रस्ताव गरेकाले गगन थापाले त्यसको कार्यान्वयनको जिम्मेदारी आफ्नै हुने भएकाले आफै घोषणापत्र लेख्न लागि परेको शंकर तिवारीले बताए ।

कार्यक्रममा स्याङ्जा जिल्ला क्षेत्र नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का सबै पालीकाका नेपाली कांग्रेसका अगुवा कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो ।

Skip This
Skip This
Logo