ओली सरकारको ‘वाच’ गर्न काँग्रेसले ‘छाँया सरकार’ बनाउँदै

ओली सरकारको ‘वाच’ गर्न काँग्रेसले ‘छाँया सरकार’ बनाउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दबाब दिन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले छायाँ सरकार बनाउने भएको छ । सरकारका कामकारवाहीमा विशेष तथा शसक्त निगरानी गर्नका लागि कांग्रेसले संसदमा छाया सरकार बनाउन लागेको हो । 

शनिबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको बैठकमा छायाँ सरकार गठनको खाकासहित विधान संशोधनको प्रस्ताव पेश भएको हो । खाका अनुसार केन्द्रमा जतिवटा मन्त्रालय त्यति नै छाया मन्त्री बनाएर काम गर्नेछ । 

साथै काँग्रेसले प्रदेशमा पनि छायाँ सरकार बनाउने तयारी थालेको छ ।  नेता बालकृष्ण खाँडले संविधानको रक्षा गर्दै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सम्बद्र्धनका लागि कांग्रेसले प्रतिनिधि र राष्ट्रिय दुवै सभामा शसक्त भुमिका निर्वाह गर्ने बताए । 

यसअघि  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले पनि आफ्नो दलले स्थानीय तहबाट हुने भ्रष्टाचार रोक्न छायाँ सरकार चलाउने घोषणा गरेका थिए ।

Logo