विराटनगर। कोसी प्रदेश सरकारको आजको मन्त्रिपरिषद् बैठकले प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन–२०७९ संशोधन सम्बन्धी विधेयक कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पेस गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार, आयोजना छनोट तथा वर्गीकरण बैंक व्यवस्थापन कार्यविधि संशोधनका लागि आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा लैजाने निर्णय पनि बैठकले गरेको छ ।
त्यसैगरी, बैठकले आर्थिक वर्ष २०८३।०८४ का लागि प्रदेशबाट कार्यान्वयन हुने समग्र र विशेष अनुदानका आयोजना राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको छ ।































प्रतिक्रिया