जुम्ला। फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील मतदान केन्द्र र मतदानस्थलको अनुगमन तीव्र पारेको छ।
जिल्लाका आठवटा स्थानीय तहमा रहेका मतदानस्थलमध्ये ४२ अतिसंवेदनशील मतदान केन्द्रको अनुगमन भइसकेको निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए। सुरक्षा दृष्टिकोणले ८५ मतदानस्थलमध्ये ५२ वटालाई अति संवेदनशील, २५ वटालाई संवेदनशील र २१ वटालाई सामान्य रूपमा वर्गीकरण गरिएको छ।
जिल्ला प्रमुख दीपक पौडेलका अनुसार, अतिसंवेदनशील मतदानस्थलको अवस्था, सुरक्षा व्यवस्था र भौतिक पूर्वाधारको निरीक्षण भइरहेको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी परिचालन गरिने जानकारी दिइएको छ।
जिल्लामा कुल मतदाता ७१,७३९ छन्, जसमा ३४,२८० महिला र ३७,४५९ पुरुष मतदाता रहेका छन्।































प्रतिक्रिया