बागलुङ–२ मा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा

बागलुङ–२ मा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा

केन्द्रबिन्दु
12
Shares

ढोरपाटन। बागलुङ क्षेत्र नं २ मा आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। क्षेत्र भौगोलिक रूपमा विकट भए पनि उम्मेदवारहरू मतदाता भेटघाट र प्रचारप्रसारमा व्यस्त छन्।

यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित १२ दलका उम्मेदवार होमिएका छन्। कांग्रेसका टेकराज पौडेल, एमालेकी मञ्जु शर्मा चालिसे, नेकपाका ज्ञामनाथ गैरे र रास्वपाका सोम शर्माबीच मुख्य प्रतिस्पर्धा देखिन्छ।

अघिल्ला निर्वाचनमा २०७४ र २०७९ मा नेकपा माओवादी (केन्द्र)का देवेन्द्र पौडेल विजयी भएका थिए। यस पटक उम्मेदवारहरूले विकास, सुशासन र क्षेत्रीय समस्या समाधानलाई एजेन्डा बनाएर प्रचार गर्दै छन्।

Skip This
Skip This
Logo