चुनबाङको ऐतिहासिक बैठक स्थलमा छोरा प्रकाश र श्रीमती सीतालाई सम्झिएर भावुक भए प्रचण्ड

चुनबाङको ऐतिहासिक बैठक स्थलमा छोरा प्रकाश र श्रीमती सीतालाई सम्झिएर भावुक भए प्रचण्ड

केन्द्रबिन्दु
63
Shares

रुकुम पूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तात्कालिन नेकपा (माओवादी)को ऐतिहासिक बैठक स्थल चुनबाङको भेरीडाँडा पुगेका छन् ।

उनी प्रतिनिधि सभा सदस्यका लागि मतदाता भेटघाटको क्रममा माओवादीको केन्द्रीय समितिको बैठक स्थल अवलोकन गर्नुभयो। २०६२ असोजमा चुनबाङमा बसेको माओवादी केन्द्रीय समितिको बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरी संसदवादी राजनीतिक दलसँग सहकार्यको बाटो खोल्ने निर्णय गरेको थियो। सो बैठकमा ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ जनामा घटाइएको थियो र यसलाई ऐतिहासिक बैठक मानिन्छ ।

संयोजक प्रचण्डले बैठक स्थल, आफू र पत्नी सीता बस्ने कोठा, छोरा प्रकाश दाहाल र अन्य नेताहरू बस्ने घर तथा कोठा अवलोकन गरे। पत्नी र छोरासम्बन्धी प्रश्नमा भावुक हुँदै उनले नेपाली क्रान्तिमा उनीहरूको योगदानको संक्षिप्त प्रतिक्रिया दिए।

मतदाता भेटघाटका क्रममा प्रचण्डले चुनबाङ बैठकले जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्रमार्फत शान्तितर्फ डोर्याएको र रुकुम क्रान्तिको सुरुवात तथा शान्ति स्थापना गर्ने जिल्ला रहेको बताए।

आजै उनले चुनबाङको गैरीगाउँ र पुथा उत्तर गाउँपालिकाको तकसेरा पुगेर मतदातासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। प्रचण्ड तीन दिनदेखि रुकुम पूर्वमा सक्रिय रहेका छन्। रुकुम पूर्व लुम्बिनी प्रदेशको एक मात्र पहाडी जिल्ला हो।

Skip This
Skip This
Logo