भोट दिनु छोरी दिनु बराबर हो, हजार पटक सोचेर मात्र मतदान गरौं -अध्यक्ष लिङ्देन

भोट दिनु छोरी दिनु बराबर हो, हजार पटक सोचेर मात्र मतदान गरौं -अध्यक्ष लिङ्देन

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शहर बजारको हल्ला र लहडका आधारमा मतदान नगर्न सुझाएका छन् ।

शनिवार राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नं. २ को उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले भोट दिने कुरा छोरी दिने भन्दापनि ठूलो कुरा भएको बताउँदै निकै सोच बिचार गरेर मात्र मतदान गर्न आग्रह गरेका हुन् ।

उनले भने,‘चुनावको बेला जसले पनि नमस्कार गरेको छ, कसैलाई भोट दिन्न भनेर राख्न मिल्ने कुरा पनि होइन, भोट त दिनै पर्छ तर देशका लागि को ठीक छ, को राष्ट्रवादी छ, हजार पटक सोचेर दिनुपर्छ । मैले गाउँघर तिर सरल भाषामा भन्ने गरेको छु, भोट दिनु भनेको छोरी दिनु बराबर कुरा हो । जाँच गरेर, बुझेर दिएको छोरीपनि गलत मान्छेको हातमा पुग्न सक्छ । गलत मान्छेको हातमा पुग्दा जसरी छोरीले दुःख पाउने हुन्छ, त्यसरी नै गलत पार्टी, गलत मान्छेलाई भोट हाल्दा सिंगो देशले दुःख पाउँने हुन्छ । भोट दिनुअघि राष्ट्रहीत कसले गर्छ गंभीर भएर सोच्न आवश्यक छ ।’

अध्यक्ष लिङ्देनले २०४६ सालको परिवर्तनपछि भएको प्रत्येक निर्वाचनमा नाम र झण्डा फरक भएका तर सिद्धान्त एउटै भएका पार्टीहरुले जितेर देश र जनताले के पाए भन्दै प्रश्न गरे । उनले यो निर्वाचनमा भोट दिनुअघि पहिले दिएका भोट दिएका र जितेका मानिसहरुले के गरे भन्ने कुरा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए । देश भूराजनीतिकको चक्रमा फसेको बताउँदै नयाँ भन्ने हल्लाको पछाडि नलागी राष्ट्रवादी शक्तिलाई मतदान गर्न आग्रह गरे ।

Skip This
Skip This
Logo