भोट दिएर पछुताउने दिनको अन्त्य गर्न आएको हुँ : तिमिल्सिना

भोट दिएर पछुताउने दिनको अन्त्य गर्न आएको हुँ : तिमिल्सिना

केन्द्रबिन्दु
39
Shares

पर्वत। प्रतिनिधि सभाका उम्मेदवार मनहरी तिमिल्सिनाले महाशिला लुङ्खुदेउरालीमा आयोजित चुनावी सभालाई संवोधन गर्दै जनसमस्या,राजनीति संसद र लोकतन्त्रको गरिमाबारे स्पष्ट विचार व्यक्त गरेका छन्।

उनले भने, “हामीले अरूको आलोचना र निन्दा गरेर स्थापित हुने बाटो रोज्यौं, तर यो लोकतन्त्रका लागि हितकर छैन, राजनीतिमा अमर्यादित व्यवहारले गरिमा बढ्दैन,गरिमामय थलो संसदमा राम्रो व्याक्ति र नीति पुग्नुपर्छ।”

तिमिल्सिनाले थपे, “संसद देशको विश्वविद्यालय हो। ज्ञान, सभ्यता र संस्कारको केन्द्र बन्नुपर्छ। बहसले मात्र भविष्यको मार्गचित्र प्रस्तुत गर्न सक्छ र युवामा ‘केही गर्न सकिन्छ’ भन्ने आत्मविश्वास जाग्रीत हुन्छ।” यस्तै उनले आँफू समग्र पर्वत विकासको दीर्घकालिन योजना र खाका सहित चुनावी मैदानमा उत्रिएको भन्दै तारा चिन्हमा मतदान गर्न आग्रह समेत गरे ।उनले भने “ढुक्कले मतदान गर्नुहोस् किन दिएछु भन्न पार्नेछैन,अमूल्य मत खेर जान दिनेछैन,पश्चताप हुने कुनै ठाउँ राख्नेछैन।”

पर्वतलाई मौलिक पहिचान सहितको समृद्ध जिल्ला बनाउन नयाँ सोच विचार र स्पष्ट भिजनसहित हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए। तिमिल्सिनाले ठूला ठूला सपनाहरु बाँढेर जनता झुक्काउनु भन्दापनि गर्न सकिने र जनस्तर उकास्ने योजनाहरुबाट नै समृद्धितर्फ अगाडि बढ्न सकिने भन्दै यहाँका जनताको जनजीविकाका सवाल सँगै शिक्षा स्वास्थ्य,रोजगार,भौतिक पुर्वाधार,सडक र रोजगारीका लागि ग्रामिण कृषि आधुनिकिकरण,कला संस्कृतिको संरक्षण प्रर्वद्धन,पर्यटन,लघु उद्दम लाई पहिलो प्राथामिकतामा राखेर अगाडि बढेको तिमिल्सिनाले बताए। उनले आँफू सदैव जनताको सुखदुखमा साथमै रहने कुरामा जोड दिए । तिमिल्सिनाले अन्त्यमा भने,

“सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्नु हाम्रो साझा जिम्मेवारी हो। सक्षम शिक्षक, आधुनिक पाठ्यक्रम, प्रविधिमैत्री कक्षा र सकारात्मक वातावरणले मात्र राम्रो परिणाम दिन सक्छ। सामुदायिक सहभागिता र पारदर्शितासहित अघि बढ्दा सरकारी विद्यालयहरू नै उत्कृष्ट बन्न सक्छन्। गुणस्तरीय शिक्षा नै समान अवसर र समृद्ध भविष्यको बलियो आधार हो। तसर्थ सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा जोड गरौं।”

सकारात्मक राजनीति र ज्ञानसहितको बहसमा चुनावी अभियान केन्द्रित भएको नेकपा पर्वतले जनाएको छ ।

Skip This
Skip This
Logo