छोरा फरक दलबाट उम्मेदवार बनेपछि वडाध्यक्ष आचार्यलाई एमालेले गर्‍यो कारबाही, साधारण सदस्यता समेत रहेन

छोरा फरक दलबाट उम्मेदवार बनेपछि वडाध्यक्ष आचार्यलाई एमालेले गर्‍यो कारबाही, साधारण सदस्यता समेत रहेन

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेकपा (एमाले)ले इटहरी उपमहानगरपालिका– १७ का वडा अध्यक्ष प्रभात आचार्यलाई पार्टीबाट निष्कासन गरेको छ। पार्टी र पार्टीको नेतृत्वविरुद्ध लागेको भन्दै आचार्यलाई जिल्ला कमिटी सदस्यता र साधारण सदस्यता समेत नरहने गरी एमालेले कारबाही गरिएको हो। आचार्यलाई यो कारबाही पार्टी विधानको धारा ८ उपधारा १ (ख) बमोजिम भएको हो ।

प्रभातका छोरा आदित्य आचार्य सुनसरी–२ बाट राष्ट्रिय निर्माण दलको उम्मेदवार बनेपछि एमालेले उनीमाथि शंका गरेको जनाएको छ। सो विषयमा दुई पटकसम्म स्पष्टीकरण सोध्दा पनि अटेर गरेपछि कारबाही गरिएको एमालेले बताएको छ। बाबुले छोराका लागि मत मागेको, पार्टी नीति विपरीत अभिव्यक्ति दिएको र नेतृत्वविरुद्ध गतिविधि गरेको आरोप लागेको छ ।

प्रभात आचार्य पहिले माओवादी केन्द्रमा सक्रिय थिए । २०७९ को स्थानीय तह निर्वाचनअघि उनी एमालेमा प्रवेश गरेका थिए । एमालेले उनलाई इटहरी–१७ मा टिकट दियो र उनी वडाध्यक्षमा निर्वाचित भए । त्यतिबेला यो ‘क्रस–ओभर’ लाई पार्टीले आफ्नो विस्तारको प्रमाण ठानेको थियो । चार वर्षपछि उही प्रभात आचार्य अब पार्टीको लागि ‘अनुशासनहीन’ बनेका छन् ।

स्थानीयवासीका अनुसार प्रभातले वडामा विकास निर्माणमा ध्यान दिएका थिए । तर राजनीतिक रूपमा उनी कहिल्यै ‘पूर्ण रूपमा एमाले’ भएनन् भन्ने आरोप लागिरहन्थ्यो ।

Skip This
Skip This
Logo