रूपन्देहीमा जसपाका उम्मेदवार नै एमालेमा प्रवेश

रूपन्देहीमा जसपाका उम्मेदवार नै एमालेमा प्रवेश

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नं ३ का उम्मेदवार श्रीनिवास यादव एमाले प्रवेश गरेका छन्।

सोमबार भैरहवामा पत्रकार सम्मेलन जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका यादवले आफू जसपा परित्याग गरी एमाले प्रवेश गरेको बताएका हुन्। उनले आफु आजैका मिति देखि जसपा परित्याग गरी एमाले पार्टीका सिद्धान्तलाई अनुसरण गर्दै एमालेका उम्मेदवार वासुदेव घिमिरेलाई जिताउन लागि पर्ने बताए ।

यादवले अहिलेको विषम राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै मुलुकको प्रमुख राजनीतिक शक्तिको रूपमा स्थापित हुने देखिएको समेत दाबी गरे।

यादवको समर्थन पाएसँगै एमालेका तर्फबाट उम्मेदवार रहेका वासुदेव घिमिरेले जितको सुनिश्चितता बढेको भन्दै खुसी व्यक्त गरे। क्षेत्र नं. ३ मा १ लाख ४० हजार ३५ मतदाता रहेका छन्।

Skip This
Skip This
Logo