मैकोटपुगेर प्रचण्डले भने -राजनीतिमा नयाँ अध्याय शुरु भयो समाजवादको आधार यहीँबाट बन्छ

मैकोटपुगेर प्रचण्डले भने -राजनीतिमा नयाँ अध्याय शुरु भयो समाजवादको आधार यहीँबाट बन्छ

केन्द्रबिन्दु
12
Shares


रुकुम पूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान मैकोटमा मर्निङवाक गर्दै मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । उनले मस्तथान क्षेत्रको भ्रमण गर्दै स्थानीय कार्यकर्ता र मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्

प्रचण्ड आइतबार दिउँसो मैकोट पुगेका थिए । उनले साँझ पुथाउत्तरगंगा गाउँपालिकाका विभिन्न वडाका मतदातासँग सम्बोधन गर्दै रुकुम पूर्वबाट नयाँ राजनीतिक अभियान सुरु गर्ने बताएका छन् । उनले नेपालमा समुदायमा आधारित समाजवाद लागू गर्ने योजना दोहो-याउँदै त्यसको आधार रुकुम पूर्व बन्ने दाबी गरे । उनले विदेशी मोडलभन्दा फरक नेपाली मोडलको समाजवाद लागू गर्ने बताएका छन् ।

प्रचण्डले पछिल्लो समय युवापुस्ताबाट आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने आवाज उठिरहेको उल्लेख गर्दै देशको नेतृत्व परिवर्तनको माग बढिरहेको बताएका छन् । मैकोटसम्म सडक पुगेको विषयलाई चुनावी एजेण्डा बनाउँदै उनले सहिद मार्ग र मध्यपहाडी राजमार्ग विस्तार आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । चीनसम्म सडक सञ्जाल जोड्ने लक्ष्य पनि उनले पुनः दोहो¥याएका छन् ।

आफू विभिन्न जिल्लाबाट सिफारिस भए पनि अन्ततः रुकुम पूर्व रोजेको उल्लेख गर्दै उनले यही क्षेत्रबाट नयाँ राजनीतिक अध्याय सुरु गर्ने बताएका छन् । उनले महिला सहभागिता, पर्यटन विकास र स्थानीय पूर्वाधार निर्माणलाई चुनावी प्रतिबद्धताका रूपमा अघि सारेका छन् ।

प्रचण्डले रुकुम पूर्वलाई विकासको केन्द्र बनाउने दाबी गर्दै चुनावी अभियानलाई थप आक्रामक बनाएका छन् । मैकोटबाट कोल प्रस्थान गरेका उनले विभिन्न गाउँमा मतदाता भेटघाटलाई निरन्तरता दिने कार्यक्रम रहेको छ ।

Skip This
Skip This
Logo