झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन नजिकिँदै जाँदा पार्टीका मूल एजेन्डा स्पष्ट रूपमा जनतासम्म पुर्याउन सक्रिय हुन पार्टीका उम्मेदवार र नेता–कार्यकर्तालाई आग्रह गरेका हुन् ।
काठमाडौं फर्किने क्रममा बिर्तामोडस्थित होटल हेभनमा आयोजित छलफलमा अध्यक्ष ओलीले जनस्तरमा फैलिएका भ्रम चिर्न घर–घर पुगेर प्रत्यक्ष संवाद गर्नुपर्नेमा जोड दिएका हुन् ।
छलफलमा सहभागी झापा क्षेत्र नम्बर ४ निर्वाचन परिचालन कमिटीका संयोजक मनोज ताम्लीका अनुसार अध्यक्ष ओलीले परिणाममुखी ढंगले निर्वाचनमा खटिन निर्देशन दिए। सबै नेता–कार्यकर्ता परिणाम निकाल्ने गरी अभियानमा लाग्नुपर्छ, ओलीको भनाइ उद्धृत गर्दै ताम्लीले भने, ‘जनस्तरमा रहेका भ्रम हटाउन जनताको घरदैलोमै पुग्न उहाँको विशेष निर्देशन छ।’































प्रतिक्रिया