रास्वपाको वाचापत्र- ५ वर्षमा १०० खर्बको अर्थतन्त्र, ४ लाख प्रतिव्यक्ति आय

रास्वपाको वाचापत्र- ५ वर्षमा १०० खर्बको अर्थतन्त्र, ४ लाख प्रतिव्यक्ति आय

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अबको ५ देखि ७ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलर (१०० खर्ब रुपैयाँभन्दा माथि) पुर्‍याउने महत्वाकांक्षी योजना प्रस्तुत गरेको छ ।

बिहीबार सुर्खेतमा आयोजित एक विशेष समारोहका बीच पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र उपसभापति स्वर्णिम वाग्लेसहितका शीर्ष नेताहरूले संयुक्त रूपमा उक्त बाचापत्र सार्वजनिक गरेका हुन्।

रास्वपाले अर्थतन्त्र उकास्नका लागि ‘मिशन मोड’ मा काम गर्ने जनाएको छ। बाचापत्रमा स्थिर मूल्यमा वार्षिक कम्तीमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र ५ देखि ७ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ३ हजार डलर (करिब ४ लाख रुपैयाँ) पुर्‍याउने लक्ष्य राखिएको छ।

Skip This
Skip This
Logo