दाङ। दाङमा नेकपा (एमाले) को चुनाव चिह्न रहेको झण्डा जलाएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर–४ का ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ का २४ वर्षीय विक्रम परियार रहेका छन्।
यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तुलसीपुरकै बुद्धि बहादुर बस्नेतलाई नियन्त्रणमा लिएको थियो। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको र पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फागुन ७ गते राति करिब साढे ९ बजे तुलसीपुर–५ को वीरेन्द्रचोकमा केही व्यक्तिले नाराबाजी गर्दै एमालेको चुनाव चिह्न रहेको झण्डा जलाएका थिए। उक्त घटनापछि प्रहरीले संलग्न व्यक्तिहरूको पहिचान गर्दै पक्राउ प्रक्रिया अघि बढाएको हो।
घटनापछि तुलसीपुर क्षेत्रमा राजनीतिक गतिविधि र सुरक्षा सतर्कता बढाइएको छ। प्रहरीले सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने र अवाञ्छित गतिविधिमा संलग्न हुनेमाथि कानुनी कारबाही गरिने जनाएको छ।































प्रतिक्रिया