सुनसरीमा अस्थायी मतदान केन्द्र तोकियो

सुनसरीमा अस्थायी मतदान केन्द्र तोकियो

केन्द्रबिन्दु
6
Shares

सुनसरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा दुई अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कैदीबन्दीका लागि रामधुनी–५ स्थित झुम्का कारागार र सरकारी कर्मचारी तथा सुरक्षाकर्मीका लागि रामधुनी नगरपालिका–१ स्थित कृषि व्यवसायी प्रवर्द्धन केन्द्र झुम्कामा अस्थायी मतदान केन्द्र तोकिएको छ।

कारागारमा कैदीबन्दीले मतदान गर्ने सुविधा उपलब्ध गराइनेछ भने कृषि व्यवसायी केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीले मत दिने व्यवस्था गरिएको छ। जिल्लामा दुई हजारभन्दा बढी अस्थायी मतदाता रहेको तथ्याङ्क छ। निर्वाचन प्रक्रिया अघि बढेसँगै अस्थायी मतदाता नामावलीमा नाम थप–घट हुनसक्ने जनाइएको छ।

अस्थायी मतदाताले प्रत्यक्ष उम्मेदवारको मत हाल्ने सुविधा पाउँदैनन्। यसैगरी, कोशी प्रदेशमा जिल्लागत रूपमा २८ अस्थायी मतदान क्षेत्र र अस्थायी मतदाता तोकिएको छ।

Skip This
Skip This
Logo