काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनपछि सबै पक्षसँग मिलेर मुलुकलाई नयाँ समझदारीसहित अगाडि बढाउनुपर्ने बताएका छन्।
रुपन्देही–१ का उम्मेदवार प्रज्वल बोहराको प्रचारका लागि धकधईमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै उनले ८४ को निर्वाचन ८२ मा गरेर मात्रै समस्या हल नहुने र निर्वाचनपछि नयाँ समझदारी आवश्यक हुने बताए।
अध्यक्ष लिङ्देनले राजा, राजनीतिक दल र नयाँ पुस्ताबीच नवीनतम सम्झौता हुनुपर्नेमा पार्टीले पहिले पनि जोड दिएको तर कसैले नसुनेको धारणा राखे। उनले मतदान गर्दा राष्ट्रिय समझदारी कायम गर्ने दिशामा विचारपूर्वक मत दिन आग्रह गरे।
उम्मेदवारहरूले घरदैलोमा पुगेर मतदाता भेट्ने समय फागुन २१ सम्म रहेको उल्लेख गर्दै उनले मत सदुपयोग गर्न निर्देशन दिए। लिङ्देनले निर्वाचनपछि बलियो शक्ति बनेर नयाँ समझदारी दिने वातावरण सिर्जना गर्ने योजना भएको पनि बताए।































प्रतिक्रिया