बालेनले गरे आफ्नो चुनावी वाचापत्र सार्वजानिक (पूर्णपाठ)

बालेनले गरे आफ्नो चुनावी वाचापत्र सार्वजानिक (पूर्णपाठ)

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्।

घोषणापत्रमा उनले संसदमा भ्रष्टाचार र बेथितिविरुद्ध अगाडि उभिने र स्थानीय विकास, बजेट तथा नीति निर्माणमा झापा–५ का मुद्दा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएका छन्।

शिक्षा र स्वास्थ्यतर्फ, उनले गरिब तथा विपन्न परिवारका बच्चालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, दमक अस्पताललाई ३०० शैयासम्म विस्तार गर्ने र विपन्न बिरामीको १०% शैया निःशुल्क उपलब्ध गराउने वाचा गरेका छन्।

सडक, खेलकुद र पर्यटन क्षेत्रमा उनले दमक–रवि चिसापानी सडक छिटो सञ्चालन, आदिवासी संस्कृति झल्किने रंगशाला निर्माण, विराट बुद्ध पार्क निर्माण र बहुआयामिक खेलकुद एकेडेमी स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कृषि, रोजगारी र महिला सशक्तिकरणका लागि उनले सिँचाइ योजना विस्तार, गौरादह कृषि भण्डारण केन्द्र स्थापना, महिला कृषि कर्जा, तथा अपाङ्गता भएका व्यक्ति र एकल महिलाका लागि रोजगारी कार्यक्रम सञ्चालन गर्ने बताए।

अन्य प्रतिबद्धतामा उनले नागरिकता प्रक्रिया सरल बनाउने, सीमावर्ती पर्यटन विकास र भन्सार पारदर्शी सञ्चालन गर्ने वाचा गरेका छन्।

बालेन शाहले भने, उनका सबै योजना राजनीति सेवा, इमानदारी र परिणाममा आधारित हुनेछन् र नागरिक तथा राष्ट्रहितको ख्याल राखेर कार्यान्वयन गरिनेछ ।

Logo