आगामी निर्वाचनका लागि ललितपुर निर्वाचन क्षेत्र नं. १ को राजनीतिक परिदृश्य रोचक मोडमा पुगेको छ । नेपाली कांग्रेसको ऐतिहासिक विरासत जोगाउने प्रयास, एमालेको पुरानो साख फर्काउने दाउ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को इतिहास रच्ने दाउबीच यस क्षेत्रमा त्रिपपक्षीय भिडन्त हुने देखिएको छ। यस क्षेत्रमा कुल २८ जना उम्मेदवार चुनावी मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा चार शक्तिबीच हुने आँकलन गरिएको छ । कांग्रेसका उदयशमशेर राणा तेस्रो जितको खोजीमा छन्। ग्रामीण भेगको मजबुत संगठन र आफ्नो साख जोगाउनु उनको मुख्य चुनौती हो। यता एमालेले पूर्व प्रदेश सभा सदस्य चेतनाथ सञ्जेललाई मैदानमा उतारेको छ। २०७४ मा जितेको यो क्षेत्र पुनः आफ्नो कब्जामा पार्ने एमालेको रणनीति छ। नयाँ शक्तिका रूपमा बुद्धरत्न महर्जन ‘घण्टी’ बजाएर इतिहास रच्ने दाउमा छन्। परम्परागत दलहरूप्रति मतदाताको वितृष्णालाई उनले आफ्नो शक्ति मानेका छन्। साथै सुनील महर्जन २०६४ को बिरासत ब्युँताउने लक्ष्यसहित समुदायगत प्रभाव विस्तारमा लागेका छन्।































प्रतिक्रिया