बनेपा ।

नेकपा (माओवादी) केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले फागुन १० गतेभित्र वामपन्थीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनुभएको छ । "/>

फागुन १० गतेभित्र नयाँ सरकार गठन हुने

फागुन १० गतेभित्र नयाँ सरकार गठन हुने

केन्द्रबिन्दु
0
Shares

बनेपा ।

नेकपा (माओवादी) केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले फागुन १० गतेभित्र वामपन्थीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनुभएको छ । 

प्रेस सेन्टर नेपालले जनयुद्ध दिवसका अवसरमा आज बनेपामा आयोजना गरेको ‘वामपन्थी एकता आवश्यकता र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो – “निर्वाचन आयोगको ढिलाइका कारण सरकार गठन छिटो हुन नसकेको हो ।” 

नेता पौडेलले नयाँ समाजवादी क्रन्तिको कार्यनीतिका आधारमा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन लागेको जानकारी दिदैं स्वदेशी तथा विदेशी शक्ति केन्द्रलाई पार्टी एकताको चुनौती भएको बताउनुभयो । 

दुवै पार्टीको पृष्ठभूमिका आधारमा नयाँ पार्टी बन्न लागेको जानकारी दिँदै उहाँले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने दृढता व्यक्त गर्नुभयो । 

नेता पौडेलले भन्नुभयो, “हामी कसैले पनि पद र प्रतिष्ठाका लागि पार्टी एकतामा अवरोध ल्याए, त्यो ठूलो भूल हुनेछ ।” 

सांसद गंगाबहादुर दोङले मुलुकमा आर्थिक समृद्धिका लागि वामपन्थीको नेतृत्वको नयाँ सरकार बन्न लागेको चर्चागर्दै पार्टी एकताका लागि सबैले त्याग गर्न सक्नुपर्छ भन्नुभयो । 

प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईंले जनताले दुबै पार्टीको एकताको पक्षलाई अनुमोदन गरिसकेको बताउनुभयो । 

कार्यक्रममा नेकपा (एमाले) का काभ्रेपलाञ्चोकका उपाध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु, पार्टीका उपसचिव इन्द्रबहादुर तामाङ लगायतले पार्टी एकता सबैको साझा मुद्दा भएको बताउनुभयो । रासस

Logo