काठमाडौं । जेनजी आन्दोलनपछिको पृष्ठभूमीमा हुन लागेको प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै दाङ क्षेत्र नम्बर २ मा चुनावी राप ह्वात्तै बढेको छ । गत २०७९ को निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्रकी रेखा शर्माले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई मात्र १९३ मतान्तरले हराएर जित हासिल गरेकी थिइन्, तर योपटक शर्मा आफैं मैदान बाहिर छिन् । पोखरेल भने चुनावी मैदानमा छन् । उनलाई जनताबाट अनुमोदन भएर ३० वर्षपछि संसदीय राजनीतिमा फर्कने अवसर जुरेको छ । पोखरेल प्रतिनिधिसभा सदस्यमा २०५१ सालमा निर्वाचित भएका थिए । तर, त्यसयता प्रतिनिधिसभामा जित्न सकेका छैनन् । योपटक उनलाई अवसर छ, तर एमालेमाथि लागेको दाग र नयाँ दलको लहरले फेरि कठिन बनाएको छ ।































प्रतिक्रिया