मत सर्वेक्षण ‘लाइभ’मा संलग्न ११ अनलाइनलाई बन्द गर्न निर्देशन

मत सर्वेक्षण ‘लाइभ’मा संलग्न ११ अनलाइनलाई बन्द गर्न निर्देशन

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । निर्वाचन आयोगले मत सर्वेक्षण ‘लाइभ’मा संलग्न ११ अनलाइनलाई बन्द गर्न निर्देशन दिएको छ ।

आयोगले यही फागुन २१ गते हुन लागेको मत सर्वेक्षण गर्न नपाउने आचारसंहिताविपरीत मत सर्वेक्षणको लाइभ गरेको भन्दै ती अनलाइनलाई कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको आयोगका सहप्रवक्ता सीता पुनले बताइन् ।

निर्वाचन आयोगको सहकार्यमा पत्रकार महिलाका लागि आयोजित ‘निर्वाचन समाचार र आचारसंहितासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा उनले भनिन्, “अन्य देशको तुलनामा नेपालको परिवेश फरक छ, मतदातालाई आफैँलाई जनप्रतिनिधि चुन्ने अधिकार दिनुपर्छ । मतदातलाई अनावश्यक प्रभाव पार्नबाट रोक्नुपर्छ, मत सर्वेक्षणले मतदातालाई एउटा ह्वीममा लैजान्छ भनेर आचारसंहिताले बाँध्नुपरेको हो ।”

निर्वाचन आयोग ऐन, २०७३ दफा २३ का अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घन गरेमा रु एक लाख जरिवाना र उम्मेदवारी रद्द हुनेछ । सहप्रवक्ता पुनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर गत माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । यही फागुन १८ गते राति १२ बजेदेखि सुरु हुने मौन अवधिका सञ्चार तथा सामाजिक सञ्जाल कुनै माध्यमबाट प्रचारमूलक सामग्री प्रकाशन/प्रसारण गर्न पाइने छैन । निर्वाचनका लागि आयोगले चार हजार ३०० पर्यवेक्षक निर्वाचन क्षेत्रहरुमा खटिरहेको आयोगले जनाएको छ ।

Skip This
Skip This
Logo