सप्तरी। सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारीसँगै चुनावी प्रतिस्पर्धा राष्ट्रिय चासोको विषय बनेको छ ।
सप्तरी ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यादवले “मधेश बलियो भए संघीयता बलियो हुन्छ” भन्ने सन्देश दोहोर्याएका छन् । उनले संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेश अधिकार विस्तार, नागरिकता समस्या समाधान, कृषि–सिँचाइ, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताएका छन् ।
सप्तरी–३ मा विकास र पहिचान राजनीतिबीचको बहस केन्द्रमा देखिएको छ । स्थानीय तहमा सडक, स्वास्थ्य, शिक्षा र सिँचाइका मुद्दा उठिरहेका छन् भने संघीय संरचना सुदृढीकरण र सामाजिक न्यायको विषय पनि प्रमुख एजेन्डा बनेको छ ।
यादवको उम्मेदवारीले यस क्षेत्रलाई राष्ट्रिय राजनीतिक सन्तुलनसँग जोडेको विश्लेषण भइरहेको छ । सप्तरी–३ को परिणामले मधेशकेन्द्रित राजनीति र संघीय बहसमा प्रभाव पार्ने आकलन गरिएको छ ।































प्रतिक्रिया