काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन १८ गते काठमाडौँको खुलामञ्चमा प्रधानमन्त्री उम्मेदवारबीच सार्वजनिक बहसको प्रस्ताव गरेका छन्। कांग्रेसले शुक्रबार कास्कीको पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले यस्तो बताएका हुन् । तर यस प्रस्तावको केन्द्र केवल बहसमा नभएर निर्वाचन र राजनीतिमा नयाँ शैली, संस्कार र सहकार्य स्थापित गर्नु रहेको छ।
शर्माले निर्वाचनको मैदानलाई दुश्मनीको अखडा नभई व्यक्तित्व र प्रतिस्पर्धाको महायज्ञको रूपमा हेर्नुपर्नेमा जोड दिए। उनका अनुसार चुनावी प्रतिस्पर्धामा गाली–गलौजको वातावरण नबन्ने, प्रेम र संवादको संस्कृति प्रवद्र्धन गर्ने नीति अपनाउनु आवश्यक छ।
उपसभापति शर्माले देशको निकास र पाँच वर्षे संसद कार्यकालमा गर्नुपर्ने कार्यसूचीका बारेमा बहस गरेर जनता समक्ष स्पष्टता ल्याउने उद्देश्य राखेको बताए। यसरी निर्वाचनपछि सत्ता र प्रतिपक्ष मिलेर काम गर्ने वातावरण निर्माण गर्ने लक्ष्य पनि स्पष्ट छ।
शर्माले कांग्रेसको दृष्टिकोणलाई लोकतन्त्र र पारदर्शितामा आधारित प्रतिस्पर्धाको सन्देशको रूपमा प्रस्तुत गर्दै, राजनीतिको शैली, संस्कार र प्रवृत्तिमा सुधार गर्ने संकल्प दोहोर्याए।































प्रतिक्रिया