एमालेको जित नै देशको जित हुने : पेम्बा गुरुङ

एमालेको जित नै देशको जित हुने : पेम्बा गुरुङ

केन्द्रबिन्दु
9
Shares

बाजुरा। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले तथा जनजाति महासंघका महासचिव पेम्बा गुरुङ भोटे अहिले एमालेको जित नै देशको जित हुने बताए।

बुढीनन्दा नगरपालिका क्षेत्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको उम्मेदवारको जित पार्टीको मात्र नभई देशकै जित हुने दाबी गरे । उनले राजनीतिक परिवर्तनका विभिन्न चरण पार गर्दै अहिले मुलुक आर्थिक समृद्धिको यात्रामा प्रवेश गरेको बताए ।

गुरुङलेअब राजनीतिक क्रान्ति सम्पन्न भइसकेको उल्लेख गर्दै आगामी चरण आर्थिक क्रान्तिको भएको बताए । उनले बुढीनन्दा क्षेत्रका नागरिकलाई आर्थिक रूपमा सम्पन्न बनाउने लक्ष्य एमालेले लिएको र त्यसका लागि पार्टीको नीति तथा कार्यक्रम स्पष्ट रहेको बताए ।

उनले बाजुरा जिल्ला सहित देशभर एमालेले जनजीवनसँग जोडिएका मुद्दालाई प्राथमिकता दिएको दाबी गरे । विभिन्न जातजाति, धर्म, लिङ्ग तथा आर्थिक वर्गबीचको असन्तुलन घटाएर समान अवसर सिर्जना गर्ने क्षमता एमालेसँग मात्रै रहेको उनले बताए ।

भोटेले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतासहितको वर्तमान व्यवस्था स्थापना गर्न एमालेको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यो व्यवस्थालाई संस्थागत गर्न पनि एमाले बलियो बन्नुपर्ने बताए । देशमा राजनीतिक वा अन्य संकट आउँदा त्यसलाई जोगाउने शक्ति एमाले नै भएको उनले दाबी गरे ।

Skip This
Skip This
Logo