संस्कृतिको संरक्षण गर्दै समृद्धितर्फ वर्तमान पुस्ता क्रियाशील रहनुपर्छः पूर्वप्रधानमन्त्री खनाल

संस्कृतिको संरक्षण गर्दै समृद्धितर्फ वर्तमान पुस्ता क्रियाशील रहनुपर्छः पूर्वप्रधानमन्त्री खनाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशमा मनाइने विविध चाडपर्व, भाषा, वेशभूषा र संस्कृतिको संरक्षण गर्दै समृद्धितर्फको यात्रालाई अघि बढाउनु वर्तमान पुस्ताको दायित्व भएको बताएका छन् ।

फागुपूर्णिमा (होली) पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रूपमा रहेको मुलुकमा यस पर्वले सबै नेपालीलाई खुसी साटासाट गर्न तथा सामाजिक सम्बन्ध अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै नेता खनालले हर्षोल्लासपूर्वक रङ्गहरूमा रमाएर मनाइने फागुपूर्णिमाले आपसी सद्भाव, बन्धुत्व र राष्ट्रिय एकताको भावना सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

नेपालमा १२३ भाषाभाषी समुदाय र १० वटा धार्मिक आस्था तथा विश्वासका मानिस बसोबास गर्ने उल्लेख गर्दै उनले यति धेरै विविधताबीच सामाजिक सहिष्णुता, पारस्परिक सम्मान र सहअस्तित्व कायम राख्नु साझा जिम्मेवारी भएको बताएका छन् ।

बहुविविध समाजमा फागुपूर्णिमाजस्ता चाडपर्वले सबैलाई एकै सूत्रमा बाँध्दै राष्ट्रिय एकता सुदृढ गर्ने अवसर प्रदान गर्ने उनले उल्लेख गरेका छन् ।

Skip This
Skip This
Logo